अपडेटः आयो १५१ स्थानको नतिजा, एमालेको अग्रता कायमै
सारांश
- काठमाडौं ।
- दोस्रो चरणको चुनावी मतपरिणाम आउनेक्रम जारी रहेको छ ।
- गणना भइरहेको गाउँपालिका पनि अन्तिम चरणमा पुगेको छ ।
काठमाडौं । दोस्रो चरणको चुनावी मतपरिणाम आउनेक्रम जारी रहेको छ । गणना भइरहेको गाउँपालिका पनि अन्तिम चरणमा पुगेको छ । प्रदेश नम्बर १, ५ र ७ को पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले ७४ स्थानमा विजय प्राप्त गरेको छ । पहिलो चरणको निर्वाचनमा पहिलो शक्ति बनेको एमाले दोस्रो चरणमा पनि पहिलो सक्ति बन्ने लक्षण देखाएको छ ।
नेपाली कांग्रेसले ५२ र माओवादी केन्द्रले २२ स्थानीय तहमा जित हात पारेको छ । अहिलेसम्म राष्ट्रिय जनमोर्चाले दुर्इ र संघीय समाजवादी फोरमले एक स्थानीय तह जितेका छन् । मतगणना भइरहेका ठाउँहरूमा अग्रताको हिसाबले एमाले र कांग्रेसबीच प्रतिस्पर्धा देखिएको छ । यो समाचार तयार पर्दा मगणना भएरहेका ठाउँमा कांग्रेस र एमालेबीच धेरै ठाउँमा प्रतिस्पर्धा रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया