अपडेटः आयो २ सय ८९ स्थानीय तहको नतिजा, अघि बढ्यो एमाले

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २०, २०७४
|
|
२२ पटक हेरिएको
Shares
अपडेटः आयो २ सय ८९ स्थानीय तहको नतिजा, अघि बढ्यो एमाले

सारांश

  • काठमाडौं ।
  • दोस्रो चरणको स्थानीय चुनाव भएका जिल्लाहरुको मतगणनाको काम अन्तिर चरणमा पुगेको छ ।
  • दोश्रो चरणमा निर्वाचन भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये यो समाचार तयार पार्दासम्म २ सय ८९ तहको नतिजा सार्वजनिक भइसकेको छ ।

काठमाडौं । दोस्रो चरणको स्थानीय चुनाव भएका जिल्लाहरुको मतगणनाको काम अन्तिर चरणमा पुगेको छ । दोश्रो चरणमा निर्वाचन भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये यो समाचार तयार पार्दासम्म २ सय ८९ तहको नतिजा सार्वजनिक भइसकेको छ ।

चुनावी नतिजा अनुसार नेकपा एमालेले सबैभन्दा धेरै ठाउँमा जित हाँसिल गरेको छ । एमालेले प्रदेश नम्बर १ मा ५६, प्रदेश ५ मा ३६ र प्रदेश ७ मा ३४ स्थानीय तह जितेर १ सय २६ स्थान सुरक्षित गरिसकेको छ । कांग्रेस १०८ स्थानीय तह जितेर दोस्रो स्थानमा छ ।

कांग्रेसले हालसम्म प्रदेश नम्बर १ मा ४२, प्रदेश ५ मा २९ र प्रदेश ७ मा ३७ स्थानीय तह जितेको छ । माओवादी केन्द्रले प्रदेश नम्बर १ मा ८, प्रदेश ५ मा १९ र प्रदेश ७ मा ९ स्थानीय तह जितेर ३६ सिटसहित तेस्रो स्थान सुरक्षित गरेको छ ।

यस्तै, संघीय समाजवादी फोरम ६ सिटसहित चौथो स्थानमा रहेको छ । फोरम लोकतान्त्रिक ६ सिटसहित पाँचौं स्थानमा रहेको छ । राप्रपाले तीन र राष्ट्रिय जनमोर्चाले दुई स्थानीय तह जितेको छ भने राष्ट्रिय जनता पार्टीका स्वतन्त्र उम्मेदवारले एक स्थान जितेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?