अफ्रिकी मुलुकमा बेचिन लागेका १३ नेपाली चेलीको यसरी गरियो उद्धार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १०, २०७५
|
|
१७ पटक हेरिएको
Shares
अफ्रिकी मुलुकमा बेचिन लागेका १३ नेपाली चेलीको यसरी गरियो उद्धार

सारांश

  • काठमाडौं।
  • भारतबाट अफ्रिकी मुलुकमा बेचिन लागिएका १३ जना नेपाली चेलीलाई उद्धार गरी मंगलबार काठमाडौं ल्याइएको छ।
  • नेपाली जनसम्पर्क समिति, भारतले भारतको यहमदावाद, बैङलोरलगायतका स्थानबाट बेचिन लागेका १३ जना नेपाली चेलीहरुलाई उद्धार गरी काठमाडौं ल्याएको हो।

काठमाडौं। भारतबाट अफ्रिकी मुलुकमा बेचिन लागिएका १३ जना नेपाली चेलीलाई उद्धार गरी मंगलबार काठमाडौं ल्याइएको छ।
नेपाली जनसम्पर्क समिति, भारतले भारतको यहमदावाद, बैङलोरलगायतका स्थानबाट बेचिन लागेका १३ जना नेपाली चेलीहरुलाई उद्धार गरी काठमाडौं ल्याएको हो। भारतस्थित नेपाली दूतावास र भारतको गृह मन्त्रालयसँगको सहयोगमा उनीहरुलाई उद्धारी गरी काठमाडांै ल्याउन आफूहरु सफल भएको समितिका अध्यक्ष बालकृष्ण पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुलाई जानकारी दिए। समितिले पछिल्लो एक महिनामा मात्रै भारतको विभिन्न स्थानबाट अफ्रिकी मुलुकमा बेचिन लागेका ९१ जना चेलीहरुको उद्धार गरिएको दाबी गरेको छ।
ती चेलीलाई उद्धार गर्नेक्रममा दलालहरुसँग नक्कली कागजपत्र समेत बरामद गरिएको उल्लेख गर्दै अध्यक्ष पाण्डेले नेपाल सरकारसँग उनीहरुलाई कडा कार्वाही गर्न माग गरे। नक्कली कागजपत्र बनाएर उनीहरुले ती चेलीहरुलाई अफ्रिकाको डान्सबारमा काम लगाई दिने प्रलोभनमा बेच्न लगेको पनि अध्यक्ष पाण्डेले बताए। समितिले उद्धार गरी मंगलबार काठमाडौं ल्याइएका चेलीहरुको व्यवस्थापन गर्न सरकारसँग आग्रह गर्ने पनि स्पष्ट पारेको छ। समितिका अध्यक्ष पाण्डेले उद्धार गरिएका ती चेलीहरुको शिक्षा, बसोबासलगायतको व्यवस्था गर्न सरकारसँग पनि आग्रह गर्ने बताए। नेपाली चेलीहरु बेचबिखन कार्यमा संलग्न दलालहरुमाथि कार्वाही प्रक्रिया अघि बढाउन प्रहरीमा उजुरी दिने अध्यक्ष पाण्डेको तयारी छ।
समितिले सो घटनामा संलग्न दोषीमाथि कार्वाही गराउने र उनीहरुको व्यवस्थापनका लागि सरकारसँग पनि कुरा राख्ने जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?