अभिषेक बच्चनले कर्मचारी चयन आयोगमा आवेदन दिए

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २०, २०७४
|
|
४२८ पटक हेरिएको
Shares
अभिषेक बच्चनले कर्मचारी चयन आयोगमा आवेदन दिए

सारांश

  • फिल्म अभिनेता अभिषेक बच्चनले कर्मचारी चयन आयोग (एसएससी) मा आवेदन दिएका छन् ।
  • हो, यो पढेर तपाईहरु पनि हैरान बन्नुहुनेछ तर यो हामी भनिरहेका छैनौं मात्र कर्मचारी चयन आयोग (एसएससी) द्वारा जारी गरिएको एडमिट कार्ड भनिरहेको छ ।
  • महानायक अमिताभ बच्चनका छोरा र ऐश्वर्या रायका श्रीमान अभिषेक बच्चन पनि जागिरको खोजीमा छन्, सायद यही कारणले हुन सक्छ कि उनी एसएससीको परिक्षा दिने तयारीमा छन् ।

फिल्म अभिनेता अभिषेक बच्चनले कर्मचारी चयन आयोग (एसएससी) मा आवेदन दिएका छन् । हो, यो पढेर तपाईहरु पनि हैरान बन्नुहुनेछ तर यो हामी भनिरहेका छैनौं मात्र कर्मचारी चयन आयोग (एसएससी) द्वारा जारी गरिएको एडमिट कार्ड भनिरहेको छ । महानायक अमिताभ बच्चनका छोरा र ऐश्वर्या रायका श्रीमान अभिषेक बच्चन पनि जागिरको खोजीमा छन्, सायद यही कारणले हुन सक्छ कि उनी एसएससीको परिक्षा दिने तयारीमा छन् ।

यो परिक्षाका लागि लिइएको आवेदन मध्ये एक आवेदन निकै विषेश थियो । परीक्षाका लागि कुनै व्यक्तिले मजाक मजाकमै अभिषेक बच्चनको आवेदन भरिदिए । उक्त आवेदनमा अभिषेकको तश्वीर लगाइएको छ । आवेदन पेश गरेपछि आयोगले स्क्रूटनीमा यसलाई ध्यान दिँदै परमिशन लेटर पनि जारी गरेको छ ।

रमाइलो कुरा त यो छ कि अभिषेकको परिक्षा सेन्टर राजस्थानको राजधानी जयपुरलाई तोकिएको थियो । खासमा, कर्मचारी चयन आयोगको तर्फबाट मल्टि टास्किंग नन टेक्निकल स्टाफको पहिलो चरणको परिक्षा गएको बिहीवार भएको थियो ।

अभिषेक बच्चनको नाम र उनको फोटोको साथ बनेको यो एडमिट कार्डमा उनकी जन्ममिति 1 जनवरी 1995 छापिएको छ । उनको रोल नम्बर 2405283611 छ तर घरको ठेगाना भने 69 ट्रिपल एक्स कोलनी, लातूर (महाराष्ट्र) लेखिएको छ ।

बिहीवार महिला अभ्यर्थियोका लागि आयोजित यो परिक्षामा अभिषेकलाई पुरुष होइन महिला समेत भनिएको थियो । त्यस्तै, फोटोको तल अभिशेखबर बच्चनको नाममा सिग्नेचर पनि गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?