अमेरिका भ्रमण सफल भएको छ – परराष्ट्रमन्त्री ज्ञवाली
सारांश
- काठमाडौं,– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो अमेरिका भ्रमण सफल भएको बताउनुभएको छ ।
- भ्रमणबाट फर्केको भोलिपल्ट आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाल र अमेरिकाबीचको सहयोगका क्षेत्र फराकिलो भएको पनि बताउनुभयो ।
- पत्रकार सम्मेलनमा जारी प्रेस बिज्ञप्ती : पत्रकार साथीहरु, संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री महामहिम श्री माइकल रिचार्ड पोम्पेओसँग द्विपक्षीय औपचारिक भेटवार्ताका लागि गत साता मेरो नेतृत्वको प्रतिनिधिमण्डल अमेरिकाको वाशिङ्गटन डि।
काठमाडौं,– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो अमेरिका भ्रमण सफल भएको बताउनुभएको छ ।
भ्रमणबाट फर्केको भोलिपल्ट आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाल र अमेरिकाबीचको सहयोगका क्षेत्र फराकिलो भएको पनि बताउनुभयो ।
पत्रकार सम्मेलनमा जारी प्रेस बिज्ञप्ती :
पत्रकार साथीहरु,
संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री महामहिम श्री माइकल रिचार्ड पोम्पेओसँग द्विपक्षीय औपचारिक भेटवार्ताका लागि गत साता मेरो नेतृत्वको प्रतिनिधिमण्डल अमेरिकाको वाशिङ्गटन डि। सी। मा द्विपक्षीय भ्रमण गरेको यहाँहरुमा विदितै छ ।
उक्त भ्रमणका अवसरमा मैले अमेरिकाको विदेश मन्त्रालयमा महामहिम पोम्पेओसँग द्विपक्षीय औपचारिक भेटवार्ता गर्नुका साथै नेपाल अमेरिका सम्बन्धसँग महत्व राख्ने अन्य अमेरिकी निकायका उच्च पदाधिकारीहरुसँग समेत भेटवार्ता गरें । मेरो प्रतिनिधिमण्डलमा परराष्ट्रसचिवका अतिरिक्त अर्थ र गृह मन्त्रालयका सहसचिवहरु सम्मिलित हुनुहुन्थ्यो भने अमेरिकाका लागि नेपाली राजदूत र नेपाली नियोगका उपप्रमुख समेत उक्त बैठकहरुमा सहभागी हुनुभयो ।
यसक्रममा म र मेरो प्रतिनिधिमण्डल १६ डिसेम्बर २०१८ ९ तदनुसार २०७५ पौष १ गते राती काठमाण्डौबाट प्रस्थान गरी १७ डिसेम्बर २०१८ ९तदनुसार २०७५ पौष २ गते साँझ वाशिङ्गटन डिसी पुग्यौं ।
१८ डिसेम्बर २०१८ ९तदनुसार २०७५ पौष ३ गते० मा वाशिङ्गटन डिसीस्थित अमेरिकाको विदेश मन्त्रालयमा अमेरिकी विदेशमन्त्री महामहिम श्री माइकल रिचार्ड पोम्पेओसँग द्विपक्षीय औपचारिक भेटवार्ता गरें । उक्त भेटवार्तामा हामी दुई बीच नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप उचाइमा लैजाने विषयमा छलफल भएको छ ।
यस अवसरमा मैले नेपालको शान्ति प्रकृया, पछिल्लो राजनीतिक विकासक्रम र वर्तमान सरकारका विकास प्राथमिकताहरु सम्बन्धमा नेपालको धारणा राखेको छु । नेपालमा अमेरिकी लगानीका लागि सहजीकरण गरिदिन अनुरोध गर्दै नेपालमा मार्चको अन्तिम सातामा आयोजना हुन लागेको लगानी सम्मेलनबारे जानकारी दिएको छु । त्यसैगरी व्यापारको क्षेत्रमा अमेरिकाले नेपाललाई प्रदान गरेको सहुलियतका लागि हार्दिक धन्यवाद दिंदै नेपाललाई प्रदान गरेको भन्साररहित तथा सीमारहित सहुलियत प्राप्त वस्तुमा नेपालको तुलनात्मक लाभ रहेका केही थप वस्तुहरु (पुरुष र महिलाका पोशाकहरु) समावेश गरिदिन अनुरोध गरेको छु । महामहिम पोम्पेओले नेपालको राजनीतिक प्रगति र स्थायित्वको प्रशंसा गर्नुका साथै नेपालको विकासमा सहयोग गर्न आफू तत्पर रहेको बताउनुभएको छ ।
बैठकका क्रममा हामी बीच द्विपक्षीय क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विविध विषयहरुमा समेत छलफल भएको छ । हामीले शान्ति सेनामार्फत नेपालले विश्व शान्तिमा र्पुयाएको योगदान तथा कोरियाली प्रायदीपमा भइरहेको शान्ति स्थापनाको प्रयास तथा आणविक निशस्त्रीकरणको प्रयासका बारेमा छलफल गरेका छौं ।
यस अघि सोही दिन परराष्ट्रसचिव श्री शंकरदास वैरागी तथा अमेरिका विदेश मन्त्रालयकी ब्अतष्लन ब्ककष्कतबलत क्भअचभतबचथ ायच क्यगतज बलम ऋभलतचब िब्कष्बल बाबष्चक श्री एलिस जी। वेल्सले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलबीच नेपाल(अमेरिका राजनीतिक परामर्श बैठक सम्पन्न भएको थियो ।
उक्त परामर्श बैठकमा नेपाल सरकारका विकास प्राथमिकताहरु, द्विपक्षीय समझदारीहरुको कार्यान्वयन, मिलेनियम च्यालेन्ज कर्पोरेशन कम्प्याक्टको प्रगति, विकास सहायता, व्यापार तथा लगानीका साथै दुई देशको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्बन्ध तथा चासोका बारेमा विस्तृत छलफल भएको छ ।
सोही साँझ मेरो सम्मानमा अमेरिकाका लागि नेपाली राजदूतले आयोजना गर्नुभएको स्वागत कार्यक्रममा सहभागी भएँ । उक्त कार्यक्रममा अमेरिकी सरकारका विभिन्न निकायका उच्च पदाधिकारीहरुका अतिरिक्त अमेरिकामा रहनुभएका नेपाली समुदायका प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो । सो कार्यक्रममा आफ्ना धारणाहरु राख्ने क्रममा मैले नेपालको राजनीतिक प्रगति, विकासका प्राथमिकता, नेपाल अमेरिका बीचको सम्बन्ध तथा राष्ट्र निर्माणमा गैरआवासीय नेपालीले र्पुयाउन सक्ने योगदानको बारेमा चर्चा गरेको छु ।
यसैगरी १९ डिसेम्बर २०१८ ९तदनुसार २०७५ पौष ४ गते० मा अमेरिकाका एशिया प्रशान्त मामिला सम्बन्धी सहायक रक्षा मन्त्री महामहिर्म यान्डल स्क्रिभरले मसँग भेटघाट गर्नुभयो । उक्त भेटवार्तामा नेपाल र अमेरिकाबीच सहयोग तथा सहकार्यका साथै संयुक्त राष्ट्र संघको शान्ति सेनामा नेपालको महत्वपूर्ण योगदानका बारेमा छलफल भएको छ । सो अवसरमा पाँचखालस्थित विरेन्द्र शान्ति कार्य तालीम केन्द्रको क्षमता अभिवृद्धिमा अमेरिकाले गर्नसक्ने सहयोगको बारेमा समेत छलफल भएको छ ।
सोही दिन मैले वाशिङ्गटनस्थित मिलेनियम च्यालेन्ज कर्पोरेशनको मुख्यालयमा कर्पोरेशनका प्रमुख ९ऋजष्भा इउभचबतष्लन इााष्अभच० श्री जोनाथन नाशसँग भेटवार्ता गरें । उक्त भेटमा हामी दुई बीच गत वर्ष दुई मुलुकबीच हस्ताक्षरीत सम्झौताबमोजिमको ५०० मिलियन अमेरिकी डलरको सहायता रहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन कम्प्याक्ट अन्तर्गतका परियोजनाहरुलाई शीघ्र कार्यन्वयनमा ल्याउन चाल्नुपर्ने कदमहरुको बारेमा छलफल भएको छ । यो कम्प्याक्ट अन्तर्गत नेपालको उर्जा तथा सडकको क्षेत्रमा महत्वपूर्ण परियोजनाहरु संचालनमा आउने यहाँहरुमा विदितै छ ।
त्यसपछि मैले वाशिङ्गटनस्थित आइजनहावर एक्जेक्युटिभ अफिस बिल्डिङ्गमा अमेरिकी राष्ट्रपतिकी डेपुटी असिस्टेन्ट तथा राष्ट्रिय सुरक्षा परिषदकी दक्षिण तथा मध्य एशिया मामिला सम्बन्धी क्भलष्यच म्ष्चभअतयच श्री लिजा कर्टिससँग भेटवार्ता गरें । उक्त भेटमा दुई देशबीचको सम्बन्धका विविध क्षेत्रहरुमा विचार आदानप्रदान हुनाको साथै उच्चस्तरीय भ्रमणहरुमार्फत दुई देशबीचको सम्बन्धलाई नयाँ उचाई दिने विषयमा छलफल भयो । यसैगरी सो अवसरमा दुई देशका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय महत्व तथा चासोको विषयमा समेत कुराकानी भएको छ ।
सोही दिन परराष्ट्र सचिवले ग्क्ब्क्ष्म् का निमित्त उपप्रशासक डेभिड एच मुरसँग ग्क्ब्क्ष्म् को मुख्यालयमा भेटवार्ता गर्नुभयो । वहाँहरुले द्विपक्षीय विकास सहायताका विविध पक्षहरुमा छलफल गर्नुका साथै आगामी दिनमा विकास सहायतामा थप सहकार्य तथा सहयोगको सम्भावनाका बारेमा छलफल गर्नुभएको छ ।
त्यसैगरी अमेरिका बसाइको अन्तिम दिन २० डिसेम्बर २०१८ ९तदनुसार २०७५ पौष ५ गते वाशिङ्गटनमा एशिया सोसाइटीद्वारा आयोजित एक गोलमेच छलफलमा मुख्य वक्ताको रुपमा सहभागी भएँ । उक्त छलफलमा सम्बोधन गर्ने क्रममा मैले नेपालको राजनीतिक उपलब्धि तथा विकासका प्राथमिकता, नेपालको परराष्ट्र नीतिका प्राथमिकता तथा नेपाल अमेरिका सम्बन्धका विविध आयामहरु बारे आफ्नो मन्तव्य राखेको छु । उक्त छलफलमा सहभागीहरुसँग नेपालको परराष्ट्रनीति तथा नेपाल अमेरिका सम्बन्धका विविध विषयमा अन्तक्र्रिया समेत भएको छ ।
सोही दिन म र मेरो प्रतिनिधिमण्डल वाशिङ्गटन डि सीबाट प्रस्थान गरी २२ डिसेम्बर २०१८ ९तदनुसार २०७५ पौष ७ गते बिहान काठमाण्डौ आईपुग्यौं ।
समग्रमा मेरो संयुक्त राज्य अमेरिकाको द्विपक्षीय भ्रमण सफल रहेको मैले ठानेको छु । यस भ्रमणले झण्डै दुई दशकसम्म दुई देशबीच औपचारिक रुपमा हुन नसकेको उच्चस्तरीय भ्रमणको क्रमलाई तोडेको छ । यसैगरी मुलुकको पछिल्लो राजनीतिक परिवर्तन तथा विकासक्रमप्रति संयुक्त राज्य अमेरिकाजस्तो हाम्रो पुरानो तथा महत्वपूर्ण साझेदार राष्ट्रको हामीप्रतिको चासो र महत्वमा बढोत्तरी ल्याएको मैले ठानेको छु । यस भ्रमणको उद्देश्य कुनै सम्झौता वा थप परियोजनामा हस्ताक्षर गर्नु थिएन ।
मेरो यस भ्रमणले आगामी दिनमा द्विपक्षीय हीतका विषयहरुमा ठोस उपलब्धि हासिल गर्ने दिशामा हाम्रा प्रयासहरु केन्द्रित गर्नेतर्फ सम्भावनाको थप ढोका खुलेको छ । समग्रमा यस भ्रमणले संयुक्त राज्य अमेरिकासँग द्विपक्षीय सम्बन्धमा बढोत्तरी हुनाको साथै आपसी सहयोग र सहकार्यमा अभिवृद्धि हुनेछ भन्ने मैले विश्वास लिएको छु । त्यसैगरी यस भ्रमणले अमेरिकी जनता तथा त्यहाँ रहेका गैह्रआवासीय नेपाली मार्फत जनस्तरको सम्बन्धमा समेत बढोत्तरी हुने आशा गरेको छु ।
परराष्ट्र मन्त्रालय
२३ डिसेम्बर २०१८
प्रतिक्रिया