अर्घाखाँची र दाङमा एमालेबाट माओवादी कुटिए, एकजनालाई उपचार गर्न काठमाडौं पठाइयो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
२६ पटक हेरिएको
Shares
अर्घाखाँची र दाङमा एमालेबाट माओवादी कुटिए, एकजनालाई उपचार गर्न काठमाडौं पठाइयो

सारांश

  • १५ असार, दाङ ।
  • अर्घाखाँची र दाङमा एमाले कार्यकर्ताको आक्रमणबाट माओवादी केन्द्रका दुईजना घाइते भएका छन् ।
  • गम्भीर घाइते एकजनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको छ ।

१५ असार, दाङ । अर्घाखाँची र दाङमा एमाले कार्यकर्ताको आक्रमणबाट माओवादी केन्द्रका दुईजना घाइते भएका छन् । गम्भीर घाइते एकजनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको छ ।

अर्घाखाँचीको मालारानी गाउँपालिका वडानम्बर ३ खनदहमा एमाले कार्यकर्ताहरुको आक्रमणबाट माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका नारायण खनाल गम्भीर घाइते भएका छन् । उनलाई नेपाली सेनाको हेलिकोप्टरमा राखेर रातारात काठमाडौं पठाइएको छ । उनको टाउको र शरिरका बिभिन्न भागमा चोट लागेको छ ।

मतदानको विषयलाई लिएर एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरुबीच विवाद बढेपछि आक्रमण भएको हो । जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यसैगरी दाङको लमही नगरपालिकामा पनि एमाले कार्यकर्ताको आक्रमणबाट माओवादी केन्द्रका एक कार्यकर्ता घाइते भएका छन् । गएराति साढे ९ बजे लमही नगरपालिका-७ कमानपुरमा एमाले कार्यकर्ताको आक्रमणबाट स्थानीय सुवास चौधरी घाइते भएका हुन् ।

उनको लमहीमै उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?