अवैध भट्टीमा प्रहरीको छापा,हजारौँ लिटर मदिरा नष्ट
सारांश
- काठमाडौं, १९ पुस ।
- महानगरीय प्रहरी वृत्त बौद्धले अवैध मदिरा उत्पादन गर्ने भट्टीहरूमा आज विहान छापा पारेको छ ।
- प्रहरी भट्टीहरूमा छापा मारी हजारौँ लिटर मदिरा नष्ट गरेको छ ।
काठमाडौं, १९ पुस । महानगरीय प्रहरी वृत्त बौद्धले अवैध मदिरा उत्पादन गर्ने भट्टीहरूमा आज विहान छापा पारेको छ । प्रहरी भट्टीहरूमा छापा मारी हजारौँ लिटर मदिरा नष्ट गरेको छ ।
अवैध मदिरा उत्पादन तथा विक्री वितरणले समाजमा विभिन्न किसिमका दुर्घटना निम्त्याउने गरेको भन्दै प्रहरीले त्यस्ता गतिविधि नियन्त्रण गर्न अवैध मदिरा नष्ट गरेको हो ।
प्रहरीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती र काठमाडौँ महानगरपालिका–६ नागेश्वरगल्लीमा रहेका मदिरा उत्पादन तथा विक्री वितरण गर्ने भट्टीहरूमा छापा मारेको हो ।
बौद्धका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले छापा मार्ने क्रममा अवैध मदिरा उत्पादन गर्न राखिएका कच्चा पदार्थ र एक हजार लिटर भन्दा बढी मदिरा नष्ट गरेको जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएको घरेलु मदिरा विशालु र हानिकारक रहेको समेत बताएको छ ।
प्रतिक्रिया