असार १४ गते सार्वजनिक बिदा दिन सिफारिस, शैक्षिक क्षेत्र चार दिन बन्द गर्न आग्रह

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ६, २०७४
|
|
४९ पटक हेरिएको
Shares
असार १४ गते सार्वजनिक बिदा दिन सिफारिस, शैक्षिक क्षेत्र चार दिन बन्द गर्न आग्रह

सारांश

  • निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका अवसरमा असार १४ गते प्रदेश नं १, ५ र ७ मा सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको छ ।
  • आयोगको सोमबार बसेको बैठकले निर्वाचन हुने ३५ जिल्लाका सरकारी एवं अर्धसरकारी कार्यालयमा कार्यरत अधिकांश कर्मचारी मतदानमा परिचालित हुने र सार्वजनिक सेवा प्रवाह गर्न कठिनाइ हुने भएकाले १४ गते सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ ।
  • निर्वाचन हुने जिल्लाका शैक्षिक संस्थामा असार ११ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिन पनि आयोगले सरकारसमक्ष आग्रह गरेको छ ।

निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका अवसरमा असार १४ गते प्रदेश नं १, ५ र ७ मा सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको छ । आयोगको सोमबार बसेको बैठकले निर्वाचन हुने ३५ जिल्लाका सरकारी एवं अर्धसरकारी कार्यालयमा कार्यरत अधिकांश कर्मचारी मतदानमा परिचालित हुने र सार्वजनिक सेवा प्रवाह गर्न कठिनाइ हुने भएकाले १४ गते सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ ।

निर्वाचन हुने जिल्लाका शैक्षिक संस्थामा असार ११ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिन पनि आयोगले सरकारसमक्ष आग्रह गरेको छ । बैठकले अधिकांश मतदान केन्द्र सार्वजनिक एवं संस्थागत विद्यालय वा क्याम्पसजस्ता शैक्षिक संस्थामा तोकिएको हुँदा ती संस्थामा चार दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने निर्णयसमेत गरेको छ । कुनै सार्वजनिक÷संस्थागत विद्यालय वा क्याम्पसमा मतगणना हुने अवस्थामा उक्त कार्य सम्पन्न नभएसम्म उक्त विद्यालय, क्याम्पस भवन एवं परिसर उपलब्ध गराइदिने व्यवस्था मिलाउन पनि आयोगले शिक्षा मन्त्रालयलाई आग्रह गर्ने निर्णय भएको आयोगद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

कतिपय मतदान केन्द्र गाउँपालिका तथा नगरपालिकाका वडा कार्यालय, स्वास्थ्यचौकी, कृषि सेवा केन्द्रलगायत सार्वजनिक भवन र परिसरमा तोकिएको हुँदा बैठकले ती भवन एवं परिसर उपलब्ध गराइदिनसमेत सम्बन्धित निकायलाई पत्राचार गरेको खबर आजको अन्नपूर्णपोस्टमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोलुखुम्बु मा १ जना को मृत्यु १ जना वेपत्ता
सोलुखुम्बु मा १ जना को मृत्यु १ जना वेपत्ता
व्यवसायीहरुले आन्दोलन गरे सरकार चुप लागेर बस्दैन : गृहमन्त्री
व्यवसायीहरुले आन्दोलन गरे सरकार चुप लागेर बस्दैन : गृहमन्त्री
विश्वभर कोरोना भाइरसको प्रकोप, हालसम्म ६ सय ३८ जनाको मृत्यु
विश्वभर कोरोना भाइरसको प्रकोप, हालसम्म ६ सय ३८ जनाको मृत्यु
विभिन्न १३ विधामा राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार प्रदान गरिने
विभिन्न १३ विधामा राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार प्रदान गरिने
पाल्पामा मतगणना सुरु, तीनदिन भित्रमा मतपरिणाम आइसक्ने
पाल्पामा मतगणना सुरु, तीनदिन भित्रमा मतपरिणाम आइसक्ने
कुख्यात अपराधी पक्राउ गरिदिन चीनको पत्र
कुख्यात अपराधी पक्राउ गरिदिन चीनको पत्र
कागबेनी बस्ती पुनर्निर्माण सरकारको प्राथमिकतामा : गृहमन्त्री श्रेष्ठ
कागबेनी बस्ती पुनर्निर्माण सरकारको प्राथमिकतामा : गृहमन्त्री श्रेष्ठ
कोरोनाबाट पार पाएका भन्छन्ः ‘सकभर हुन नदिऊ, भए आत्मबल बढाऊँ’
कोरोनाबाट पार पाएका भन्छन्ः ‘सकभर हुन नदिऊ, भए आत्मबल बढाऊँ’
निदाएकै अवस्थामा मृत भेटिए संगीतकार मुनाल
निदाएकै अवस्थामा मृत भेटिए संगीतकार मुनाल
‘रफ सेक्स’का क्रममा मिलाने मारिएपछि त्यही पुरुषकी अर्की ‘शिकार’को डरलाग्दो बयान
‘रफ सेक्स’का क्रममा मिलाने मारिएपछि त्यही पुरुषकी अर्की ‘शिकार’को डरलाग्दो बयान