अाँचारसहिता उल्लघन भैराछ के रमिता हेरेर बस्छौ ?? एमाले

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ७, २०७४
|
|
२० पटक हेरिएको
Shares
अाँचारसहिता उल्लघन भैराछ के रमिता हेरेर बस्छौ ?? एमाले

सारांश

  • आचार संहिता उल्लंघनमा रमिते नबन्न निर्वाचन आयोगसमक्ष एमालेको ध्यानाकर्षणअसार– दोस्रो चरणको निर्वाचनमा पनि सत्तापक्षबाट साधन स्रोतको दुरुपयोग र आचार संहिता उल्लंघन भएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ ।
  • सत्तापक्षबाट एमालेमाथि लक्षित गरी हिंसा र आक्रमण गरिएको भन्दै एमालेले त्यसलाई रोक्न माग गरेको हो ।
  • एमाले महासचिव ईश्वर पोखरेलले मंगलवार विज्ञप्ति प्रकाशित गरी आयोगको ध्यानाकर्षण गराएका हुन् ।

आचार संहिता उल्लंघनमा रमिते नबन्न निर्वाचन आयोगसमक्ष एमालेको ध्यानाकर्षणअसार– दोस्रो चरणको निर्वाचनमा पनि सत्तापक्षबाट साधन स्रोतको दुरुपयोग र आचार संहिता उल्लंघन भएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ । सत्तापक्षबाट एमालेमाथि लक्षित गरी हिंसा र आक्रमण गरिएको भन्दै एमालेले त्यसलाई रोक्न माग गरेको हो ।

एमाले महासचिव ईश्वर पोखरेलले मंगलवार विज्ञप्ति प्रकाशित गरी आयोगको ध्यानाकर्षण गराएका हुन् । ‘नेकपा (एमाले) का नेता–कार्यकर्तामाथि आक्रमण गर्ने, उनीहरुको ज्यान लिने, शान्तिपूर्ण कार्यक्रममा अवरोध सिर्जना गर्ने र सरकारी तहबाट आचारसंहिताको ठाडो उल्लंघन गर्नेसम्मका क्रियाकलाप भएका छन्’ महासचिव पोखरेलको विज्ञप्तिमा उल्लेख छ, ‘गत असार ४ गते बाजुराको छेडेदह–६ मा निर्वाचनमा मनोनयनपत्र दर्ता गर्न गइरहेको हाम्रो जुलुसमाथि आक्रमण गरेर सत्ताधारी नेपाली कांग्रेसका कार्यकर्ताले हाम्रा कार्यकर्ता हंसबहादुर रावतको हत्या गरेका छन् । उक्त घटनामा संलग्न अपराधीहरुका विरुद्ध मुद्दा दर्ता गर्न खोज्दा सत्ताको दुरुपयोग गर्दै मुद्दा दर्तासमेत गरिएको छैन भने अपराधमा संलग्न सबै जनालाई पक्राउ समेत गरिएको छैन । घटनामा संलग्नहरुलाई बचाउन प्रहरी–प्रशासनको चरम दुरुपयोग गरिएको छ ।’

सत्तापक्षले आफ्नो आमसभा बिथोल्ने र कार्यकर्तामाथि हातपात गर्ने गरिएकोमा एमालेले आपत्ती जनाएको छ । ‘बाँकेकमा हाम्रो पार्टीले आमसभा गरिरहेको बेला अर्को सत्ताधारी दल माओवादी केन्द्रका कार्यकर्ताले नजिकै गएर माइकिङ गर्ने र उत्तेजना फैलाउने काम गर्दै सभा विथोल्ने दुस्प्रयास गरेका छन्’ विज्ञप्तिमा उल्लेख छ, ‘सोलुखुम्बुको नेचा–सल्यानटार गाउँपालिकामा नेपाली कांग्रेसका सांसदकै उपस्थितिमा हाम्रा कार्यकर्तामाथि हातपात गरिएको छ भने दार्चुलामा सत्तापक्षका कार्यकर्ताबाट हाम्रा कार्यकर्तामाथि आक्रमण गरिएको छ ।’

गृहमन्त्री जनार्दन शर्माले निर्वाचन आचार संहिता उल्लंघन गरी सरकारी साधन–स्रोतको दुरुपयोग गरिएको वताउँदै एमालेले पहिलो चरणको निर्वाचनमा भएका अनियमितता र धाँधलीलाई छानविन गर्ने संसदीय समिति बनाइएको पनि स्मरण गराइएको छ । ‘गृहमन्त्री जनार्दन शर्माले सरकारी साधन–स्रोत दुरुपयोग गरी बाँके, कैलालीलगायतका जिल्लामा आफ्नो पार्टीका कार्यक्रममा गई निर्वाचनलाई प्रभावित पार्न गरेको कोसिसप्रति हाम्रो गम्भीर आपत्ति छ’ एमालेको विज्ञप्तिमा छ, ‘अघिल्लो चरणको निर्वाचनमा सत्तापक्षबाट धाँधली र ज्यादती भएको स्वीकार गर्दै व्यवस्थापिका–संसद्बाट संसदीय छानबिन समिति गठन हुँदा समेत यसपटक सत्तापक्षले आफ्नो पुरानो रवैया जारी राख्नु अत्यन्त खेदजनक छ । साथै, निर्वाचन आचारसंहिता ठाडै उल्लंघन हुँदा निर्वाचन आयोगसमेत मौन बसेकोप्रति हामीलाई आश्चर्य लागेको छ ।’

एमालेले सत्तापक्षबाट निर्वाचनलाई प्रभावित पार्नका लागि गरिएका आक्रमण र ज्यादतीहरुको विरोध गर्दै त्यस्ता हर्कत अविलम्ब बन्द गरी शान्तिपूर्ण र धाँधलीरहित रुपमा निर्वाचन गर्ने वातावरण तयार गर्न जोडदार माग गरेको छ । त्यस्ता आक्रमण र ज्यादतीहरुमा संलग्न भएकाहरुलाई अविलम्ब कानुनी कारवाहीको दायरामा ल्याई स्वच्छ निर्वाचनको सुनिश्चितता गर्न एमालेले माग गरेको छ । निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा गम्भीरताका साथ ध्यान दिन निर्वाचन आयोग र निर्वाचन अनुगमनमा संलग्न संस्थाहरुको एमालेले ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?