आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलद्वारा राजीनामाको घोषणा

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २८, २०७४
|
|
२५ पटक हेरिएको
Shares
आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलद्वारा राजीनामाको घोषणा

सारांश

  • यो रमेश खरेलको बोली हो ।
  • बुझ्नुस् फाइनल डिसिजन हो ।
  • सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलले राजीनामाको घोषणा गरेका छन् ।

यो रमेश खरेलको बोली हो । बुझ्नुस् फाइनल डिसिजन हो ।

सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलले राजीनामाको घोषणा गरेका छन् । मंगलबार साँझ नयाँ पत्रिकाका सुजित महतलाई खरेलले दिएको संक्षिप्त प्रतिक्रिया :

नेपाल प्रहरीको महानिरीक्षकमा तपाईंको पनि दाबेदारी थियो, सहब्याची सर्वेन्द्र खनालले यो जिम्मेवारी पाउनुभएको छ, तपाईंको प्रतिक्रिया के छ ?

आइजिपीमा नियुक्त साथीलाई म बधाई दिन चाहन्छु । २९ वर्ष नेपाल प्रहरीको सेवा गरेँ । भोलि (बुधबार)देखि बिदा हुँदै छु ।

आफूले अवसर नपाउनासाथ सार्वजनिक रूपमा असन्तुष्ट व्यक्त गर्ने, अदालत जाने र राजीनामा पनि दिने प्रचलन आएको छ, यसले फौजमा कस्तो संस्कार बसाउला ?

पद्धति बसाएर निर्णय गर्नुपर्छ । भागबन्डा नहुने भए मात्र प्रहरीभित्र पनि असल संस्कार बस्न सक्छ । म भलिबल खेलाडीका रूपमा प्रहरी जवान भई यो संगठनमा छिरेको हुँ । प्रहरी जवानकै रूपमा प्रवेश गर्दा पनि म एक दिन शीर्षस्थ स्थानबाट नेपाल प्रहरीलाई हाँक्छु भन्ने सपना देखेको थिएँ । त्यही सपना पूरा गर्न मैले जानजान गल्ती कहिल्यै गरिनँ । तर, त्यो अवसर पाइनँ । हीन भावना बोकेर बसेँ भने पनि संगठनलाई शतप्रतिशत नतिजा दिन सक्दिनँ । त्यसैले बिदा हुने निर्णय गरेको छु ।

सरकारले कसै न कसैलाई जिम्मेवारी दिनुपथ्र्यो, एकजनालाई दियो । तपाईंप्रति अन्याय के भयो ?
म संगठनप्रति आभारी छु । आज जे छु त्यो नेपाल प्रहरीको कारण छु । निर्णय गर्ने जिम्मा सरकारको हो । सरकारप्रति गुनासो छैन । उसलाई ठीक लागेको निर्णय गर्‍यो होला, बाँकी काम मेरो विवेकको हो । म राजीनामा दिन्छु ।

तपाईं योग्य अफिसर हो तर सबैभन्दा अब्बल तपाईं नै हो भन्ने आधार के हो ?
दाबेदार सबैले आफूलाई अब्बल ठान्छन् । मैले पनि ठानेँ, के बिराएँ । प्रमाण पेस गर्न सक्दिनँ । मूल्यांकन अरुले गर्ने हो ।

सरकारले भर्खर निर्णय गरेको छ, त्यसैले तपाईंको तातो प्रतिक्रिया होला । भोलि (बुधबार) बिहानसम्म पुनर्विचार गर्नुहुन्छ होला नि ?
यो रमेश खरेलको बोली हो । बुझ्नुस् फाइनल डिसिजन हो ।

अबका दिन कसरी बिताउनुहुन्छ ?
सोचेको छैन । परिवार र राष्ट्रका लागि गर्ने हो ।

राजनीतिमा… ?
मेरो स्वभाव राजनीति सुहाउँदो छैन । तर, गर्दैगर्दिनँ भनेर कसम किन खानू ?

-नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Gyan Adhikari

    Sara jantako mutuko dhadkan .

    Comment Author

    Rojin Pandey Rajendra

    Uttam nirnaye..

    Comment Author

    Bijendra Kumar Rai

    Aatmaghati nirnay nagarnus dig saab.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रम ओलीद्वारा कोरोनाविरुद्ध रणनीति अवलम्बन गर्ने भारतीय प्रस्तावको स्वागत
प्रम ओलीद्वारा कोरोनाविरुद्ध रणनीति अवलम्बन गर्ने भारतीय प्रस्तावको स्वागत
नेकपा कार्यकर्ताद्वारा मानवअधिकारमा हारगुहार
नेकपा कार्यकर्ताद्वारा मानवअधिकारमा हारगुहार
‘आन्दोलन भइराख्छ, गोविन्द केसी नाचिराख्छन्’ : दुर्गा प्रसाईं (अन्तर्वार्ता)
‘आन्दोलन भइराख्छ, गोविन्द केसी नाचिराख्छन्’ : दुर्गा प्रसाईं (अन्तर्वार्ता)
डा. पुनसँग किन रुष्ट बन्यो स्वास्थ्य मन्त्रालय ?
डा. पुनसँग किन रुष्ट बन्यो स्वास्थ्य मन्त्रालय ?
राष्ट्रिय बाणिज्य बैंकले नेपालप्रहरी अस्पताललाई एम्बुलेन्स र शव वाहन सहयोग प्रदान गर्यो !
राष्ट्रिय बाणिज्य बैंकले नेपालप्रहरी अस्पताललाई एम्बुलेन्स र शव वाहन सहयोग प्रदान गर्यो !
पिकप भ्यान र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु….
पिकप भ्यान र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु….
सोलु कोरिडरमा स्थानीयको अवरोध, २१५ मेगावाट बिजुली खेर जाँदै
सोलु कोरिडरमा स्थानीयको अवरोध, २१५ मेगावाट बिजुली खेर जाँदै
डोजरले हानेर एक विद्यार्थी घाइते
डोजरले हानेर एक विद्यार्थी घाइते
एक वामपन्थी नेताको नजरमा भारतका विदेशमन्त्री स्वराज नेपाल आउनुको यस्तो छ कारण
एक वामपन्थी नेताको नजरमा भारतका विदेशमन्त्री स्वराज नेपाल आउनुको यस्तो छ कारण
रोहिङ्गाको जोखिमपूर्ण यात्रा जारी, सोमबार पनि डुंगा दुर्घटनामा १० बालबालिकासहित १२ को शव भेटियो
रोहिङ्गाको जोखिमपूर्ण यात्रा जारी, सोमबार पनि डुंगा दुर्घटनामा १० बालबालिकासहित १२ को शव भेटियो

तपाईंले छुटाउनुभयो कि?