आइजिपी खनालसहित प्रहरी उच्च अधिकारीको टोली कञ्चनपुरमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ११, २०७५
|
|
२१ पटक हेरिएको
Shares
आइजिपी खनालसहित प्रहरी उच्च अधिकारीको टोली कञ्चनपुरमा

सारांश

  • काठमाडौं, ११ पुस ।
  • प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित प्रहरी उच्च अधिकारीहरुको टोली कञ्चनपुर गएको छ ।
  • महानिरीक्षक खनालसहित केन्द्रीय अनुसन्धान व्युरो ( सिआइबी) का प्रमुख निरज शाही, प्रहरी मुख्यालयका एसपी रामदत्त जोशी, महानगरीय अपराध महाशाखाका डिएसपी रुगम कुँवर, प्रहरी नायव निरीक्षक गजेन्द्र रावलको टोली कञ्चनपु गएको हो ।

काठमाडौं, ११ पुस । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित प्रहरी उच्च अधिकारीहरुको टोली कञ्चनपुर गएको छ । महानिरीक्षक खनालसहित केन्द्रीय अनुसन्धान व्युरो ( सिआइबी) का प्रमुख निरज शाही, प्रहरी मुख्यालयका एसपी रामदत्त जोशी, महानगरीय अपराध महाशाखाका डिएसपी रुगम कुँवर, प्रहरी नायव निरीक्षक गजेन्द्र रावलको टोली कञ्चनपु गएको हो ।

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका सिलसिलामा आइजिपी खनालसहितको टोली कञ्चनपुर गएको प्रहरी श्रोतले जनाएको छ । कञ्चनपुर प्रहरीका प्रवक्ता कृष्णराज ओझाले भने टोली कञ्चनपुर आइ नसकेको बताए ।

केही दिनअघि मात्रै निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि अपराध महाशाखाका डिएसपी मनोहर भट्ट नेतृत्वको टोली कञ्चनपुर गएको थियो । डिएसपी भट्ट नेतृत्वको टोलीले शंकास्पद १० जनाको नाम टिपाएको र त्यसमा चारजना सैनिक समेत रहेको श्रोत बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?