आजबाट कर्मचारी समायोजन प्रक्रिया शुरु, नयाँ संरचनामा १ लाख ३८ हजार कर्मचारी समायोजन गरिदैं
सारांश
- काठमाडौं, ११ पुस – आजदेखि कर्मचारी समायोजन प्रकृया सुरु भएको छ ।
- बुधबारदेखि अनलाइन सफ्टवेयर सुरु गरि कर्मचारी संमायोजन प्रकृया सुरु गरिएको हो ।
- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले केन्द्र, प्रदेश र स्थानीय तहका लागि कर्मचारी समायोजन गर्न अनलाइन सफ्टवेयर सुरु गर्न लागिएको जानकारी दिनुभयो ।
काठमाडौं, ११ पुस – आजदेखि कर्मचारी समायोजन प्रकृया सुरु भएको छ । बुधबारदेखि अनलाइन सफ्टवेयर सुरु गरि कर्मचारी संमायोजन प्रकृया सुरु गरिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले केन्द्र, प्रदेश र स्थानीय तहका लागि कर्मचारी समायोजन गर्न अनलाइन सफ्टवेयर सुरु गर्न लागिएको जानकारी दिनुभयो ।
संसद्को राज्यव्यवस्था समितिमा बोल्दै मन्त्री पण्डितले कर्मचारी ट्रेड युनियनसँग छलफल गरेर कर्मचारी समायोजन अध्यादेश ल्याइएको पनि दाबी गर्नुभयो । ‘रास्ट्रपतिबाट प्रमाणीकरण नभइ अध्यादेश सार्वजनिक गर्ने भन्ने कुरा हुँदैन । मुलभूत कुरामा छलफल भएको हो । रास्ट्रसेवक कर्मचारीको वृत्तिविकासको ढोका बन्द भएको छैन ।’ मन्त्री पण्डितको भनाई थियो । ‘प्रदेश र स्थानीय तहमा गएका कर्मचारीले पनि मुख्य सचिव बन्न पाउँछन्,’ मन्त्री पण्डितले भन्नुभयो । ‘ कर्मचारी समायोजनले कुनै पनि कर्मचारीको वृत्तिविकासको बाटो रोकिएको छैन त्यसका लागि आन्तरिक बढुवा र अन्तरसेवा प्रतिस्पर्धाको माध्यमबाट प्रदेश र स्थानीय तहमा गएका कर्मचारी संघमा आउँन सक्छन् ।’
बैठकमा कतिपय सांसदहरुले ऐन अन्तर्गत ल्याउनुपर्ने विषयहरु किन अध्ययादेश मार्फत ल्याइयो भन्दै मन्त्री पण्डितलाई प्रश्न गनर्गुभएको थियो ।
जवाफमा मन्त्री पण्डितले कर्मचारीको माग र आपूर्ति व्यवस्थापन छिटो नगर्दा सुशासन र विकास अगाडि बढाउन नसकिएकाले कर्मचारी समायोजन अध्ययादेश मार्फत ल्याउन लागिएको स्पष्ट पार्नुभयो ।
बैठकमा नेकपाका अध्यक्षसमेत रहेका सांसद पुष्पकमल दाहाल प्रचण्डले नयाँ संविधान बनेपछिको सबैभन्दा संवेदनशील विषय कर्मचारी समायोजना बनेको भन्दै संघीयताको मासन्यता अनुसार कर्मचारी समायोजन गर्नुपर्ने बताउनुभयो ।
मन्त्री पण्डितका अनुशार संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ समायोजन गरिने छ । ३ तहमा नयाँ संरचनाअनुसार कुल १ लाख ३८ हजार १७८ कर्मचारी समायोजन गरिने छ ।
प्रतिक्रिया