आज अपरान्ह चिनियाँ उपप्रधानमन्त्री नेपाल आउँदै, देउवा र ओलीअघि प्रचण्डसँग भेट गर्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ३०, २०७४
|
|
४२ पटक हेरिएको
Shares
आज अपरान्ह चिनियाँ उपप्रधानमन्त्री नेपाल आउँदै, देउवा र ओलीअघि प्रचण्डसँग भेट गर्ने

सारांश

  • काठमाडौं ।
  •  चिनियाँ उपप्रधानमन्त्री वाङ याङ तीन दिने औपचारिक भ्रमणमा आज नेपाल आऊदैछन ।
  • विशेष विमानमार्फ़त सोमबार साँझ काठमाडौँ आऊने उनको कार्यक्रम छ ।

काठमाडौं ।  चिनियाँ उपप्रधानमन्त्री वाङ याङ तीन दिने औपचारिक भ्रमणमा आज नेपाल आऊदैछन । विशेष विमानमार्फ़त सोमबार साँझ काठमाडौँ आऊने उनको कार्यक्रम छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाङलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जितेन्द्र देवले स्वागत गर्नेछन ।

चिनियाँ प्रतिनिधिमण्डलमा तीन जना सुरक्षा तथा मेडिकल स्टाफ सहित २१ जना रहनेछन् । टोलीमा चीनको राज्य परिषद्का उपमहासचिव जियाङ जेलिन, नेनिल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका उपमन्त्री वाङ सिआओताओ, वाणिज्य मन्त्रालयका उपमन्त्री तथा अन्तर्राष्ट्रिय व्यापारम्बन्धी प्रतिनिधि यु जिआनहुवा समेत छन् ।

काठमाडौँमा प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा अघि नै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्ने तय भएको छ ।

सरकारले गच्छदारलाई चिनियाँ टोलीको ‘काउन्टरपार्ट’ तोकेको छ । छलफल २०७२ चैतमा चीनसँग भएका पारवहन तथा अन्य सम्झौता कार्यान्वयन र सहयोगबारे केन्द्रित रहने अधिकारीहरूले बताए । वाङको भ्रमणमा चीनले भूकम्पपछि अनुदानका लागि घोषणा गरेका रकमको परिचालनलगायतमा छलफल हुनेछ । उनले खासगरी बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) मार्फत सहयोग गर्ने विषयमा छलफल गर्ने र नेपाललाई सहयोगको थप प्रतिबद्धता जनाउनेसमेत तयारी छ ।

नेपालखबर अनलाइनका पअनुसार उपप्रधानमन्त्री वाङ मंगलबार बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म बसन्तपुर दरबार क्षेत्रमा भूकम्पले ध्वस्त भएको काष्ठमण्डपको पुनर्निर्माण शिलान्यास समारोहमा सहभागी हुनेछन् । त्यसपछि काठमाडौंमा उनको औपचारिक भेटवार्ता सुरु हुनेछ ।

मंगलबार साढे ११ बजेदेखि साढे १२ बजेसम्मको एक घण्टा चिनियाँ उपप्रधानमन्त्री वाङले नेपालका समकक्षी विजय कुमार गच्छदारसँग होटल सोल्टीमै भेटवार्ता गर्ने कार्यक्रम छ। लगत्तै उपप्रधानमन्त्री वाङ तथा उपप्रधानमन्त्रीद्वय गच्छदार र कृष्णबहादुर महराको उपस्थितिमा नेपाल र चीनबीच एक सम्झौतामा हस्ताक्षर हुनेछ। वाङको सम्मानमा समकक्षी गच्छदारले दिउँसो १ बजे दिवाभोजको आयोजना गर्नेछन्।

मंगलबार दिउँसो ३ बजेबाट पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वाङबीच होटल सोल्टीमा ४० मिनेट भेटवार्ता हुनेछ। त्यसलगत्तै ४ बजेबाट अर्का पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ४० मिनेट भेटवार्ता तय गरिएको छ।

वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार अपरान्ह भेटवार्ता गर्ने कार्यतालिका निर्धारण गरिएको छ । बुधबार दिउँसो ३ बजेदेखि पौने ४ बजेसम्म प्रधानमन्त्री देउवा र वाङबीच ४५ मिनेट प्रधानमन्त्री निवास वालुवाटारमा भेटवार्ता हुनेछ। त्यसैगरी राष्ट्रपति भण्डारीसँग ४ बजेदेखि पौने ५ बजेसम्म ४५ मिनेट भेटवार्ताको समय छुट्टाइएको छ ।

प्रधानमन्त्री र राष्ट्रपतिलाई भेट्नुअघि वाङ बुधबार बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म किर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुनेछन्। सो कार्यक्रममा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले वाङलाई स्वागत गर्दै केन्द्रको बारेमा जानकारी गराउने कार्यतालिका छ । बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म वाङ र नेपालका उद्योग–व्यावसायीबीच १ घण्टा नेपालमा चिनियाँ लगानीको सम्भावनाबारे छलफल हुने कार्यक्रम छ।

बुधबार साँझ ५ बजे देखि साढे ५ बजेसम्म वाङ चिनियाँ दूतवासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

बिहिबार बिहान ८ बजे चिनियाँ विशेष विमानबाट उपप्रधानमन्त्री वाङ बेइजिङ फर्कने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?