आज केही स्थानमा हल्का हिमपातको सम्भावना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १२, २०७९
|
|
५२ पटक हेरिएको
Shares
आज केही स्थानमा हल्का हिमपातको सम्भावना

सारांश

  • काठमाडौँ -पश्चिमी वायुको प्रभावले आंशिक बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ ।
  • उक्त प्रणालीको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भई प्रदेश नं १ र गण्डकी प्रदेशको हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
  • विभागले आगामी २४ घण्टा प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै देशका अधिकांश भू–भागमा तापक्रम क्रमिकरूपमा घट्दै जाने जनाएको छ ।

काठमाडौँ -पश्चिमी वायुको प्रभावले आंशिक बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भई प्रदेश नं १ र गण्डकी प्रदेशको हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आगामी २४ घण्टा प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै देशका अधिकांश भू–भागमा तापक्रम क्रमिकरूपमा घट्दै जाने जनाएको छ । तराईका केही भू–भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।

हाल लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव पाँच डिग्री र अधिकमत तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस तीन दशमलव आठ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३६ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

(https://conversionwise.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा. केसीको समर्थनमा देशभरका सरकारी अस्पतालको ओपिडी सेवा बन्द
डा. केसीको समर्थनमा देशभरका सरकारी अस्पतालको ओपिडी सेवा बन्द
लिम्पियाधुरा समेटेर नक्सा बनाउने घोषणा
लिम्पियाधुरा समेटेर नक्सा बनाउने घोषणा
म्यूजिक खबरको पहिलो वार्षिकोत्सव: बस्नेत र शाहलाई म्यूजिक खबर स्रष्टा सम्मान, शिवाकोटी र घर्ती वर्षका चर्चित
म्यूजिक खबरको पहिलो वार्षिकोत्सव: बस्नेत र शाहलाई म्यूजिक खबर स्रष्टा सम्मान, शिवाकोटी र घर्ती वर्षका चर्चित
संविधानले दिएका साझा अधिकार परिभाषित गर्न मुख्य न्यायाधिवक्ताहरुको माग
संविधानले दिएका साझा अधिकार परिभाषित गर्न मुख्य न्यायाधिवक्ताहरुको माग
किसानलाई पेन्सन र रासन कार्ड दिने हनुमाननगरका मेयरको पहिलो निर्णय
किसानलाई पेन्सन र रासन कार्ड दिने हनुमाननगरका मेयरको पहिलो निर्णय
एकैदिन तीन सय ७९ स्थानमा डढेलो, यस वर्षकै धेरै
एकैदिन तीन सय ७९ स्थानमा डढेलो, यस वर्षकै धेरै
म्याच फिक्सिङकाे अाराेपित ६ जनालाइ सफाइ !
म्याच फिक्सिङकाे अाराेपित ६ जनालाइ सफाइ !
म्युलर प्रतिवेदन: ‘ट्रम्पको चुनावी अभियान र रुसबीच साठगाँठ थिएन’
म्युलर प्रतिवेदन: ‘ट्रम्पको चुनावी अभियान र रुसबीच साठगाँठ थिएन’
आइतबारदेखि शनिबारसम्मको राशिफल, कुन राशिलाई कस्तो छ यो साता ?
आइतबारदेखि शनिबारसम्मको राशिफल, कुन राशिलाई कस्तो छ यो साता ?
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?