आज टुंगिएला एमाले-माओवादी पार्टी एकताको प्रतिवेदन! बैठक बस्दै
सारांश
- काठमाडौँ, १४ चैत, नेकपा एमाले माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रियाको रुपमा तयार पारिएको राजनीतिक प्रतिवेदनलाई आज बुधबार अन्तिम रुप दिने भएका छन् ।
- पार्टी एकताका लागि राजनीतिक प्रतिवेदन बनाउने जिम्मा पाएको कार्यदलले आज मस्यौदालाई अन्तिम रुप दिने बताइएको छ ।
- एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा कार्यदलको बैठक बसी मस्यौदामाथि छलफल भएको कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिएका थिए ।
काठमाडौँ, १४ चैत, नेकपा एमाले माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रियाको रुपमा तयार पारिएको राजनीतिक प्रतिवेदनलाई आज बुधबार अन्तिम रुप दिने भएका छन् । पार्टी एकताका लागि राजनीतिक प्रतिवेदन बनाउने जिम्मा पाएको कार्यदलले आज मस्यौदालाई अन्तिम रुप दिने बताइएको छ ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा कार्यदलको बैठक बसी मस्यौदामाथि छलफल भएको कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिएका थिए ।
मस्यौदामाथि दुवै पक्षले आ-आफ्ना सुझाव राखेका थिए । सबै सुझाव समेटेर कार्यदलले आज बस्ने बैठकमा प्रतिवेदनलाई अन्तिमरुप दिने बताएका छन् ।
एमाले नेता माधवकुमार नेपाल संयोजक रहेको कार्यदलमा भीम रावल, प्रदीप ज्ञवाली, रघु पन्त, सुवास नेम्वाङ र माओवादी केन्द्रको तर्फबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल, देवेन्द्र पौडेल रहेका छन्।
प्रतिवेदन पार्टी एकता संयोजन समितिलाई बुझाउने र दुवै पार्टीका नेताले सार्वजनिक एकता घोषणा गर्ने बताइएको छ । दुवै पार्टीले छिटो एकता टुंगाउने सार्वजनिक रुपमा बताउँदै आएका छन् ।
प्रतिक्रिया