‘आज तिहारको कुनै पर्व छैन’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १६, २०८१
|
|
३९ पटक हेरिएको
Shares
‘आज तिहारको कुनै पर्व छैन’

सारांश

  • काठमाडाैं।
  • नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औंसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।
  • औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ।

काठमाडाैं। नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औंसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।

औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ। औंसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा भोली शनिबार परेको पनि समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आज तिहारको कुनै पर्व नपरे पनि औंसी आफैंमा पर्व हो। प्रत्येक महिनाको औंसीलाई पर्व मानिन्छ। औंसीमा विशेषगरी पितृकर्म हुने गर्छ।

यो वर्ष तिथिको घटबढका कारण औँसीमा सूर्योदय भएको आजको दिन कुनै पर्व नपरेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। तिथिका आधारमा यस्तो संरचना केही वर्षका अन्तरालमा हुने गरेको उनले सुनाए।

यस्तो संरचना परेकैले पाँच दिनमा सकिने दोस्रो चाड तिहार यस वर्ष छ दिनसम्म लम्बिएको छ। कार्तिक कृष्ण त्रयोदशीका दिन सुरु हुने तिहार यस वर्ष कात्तिक १३ गते मंगलबार सुरु भएको थियो।

यो पर्व कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक १८ गते आइतबार दिदीबहिनीका हातबाट दाजुभाइ विधिपूर्वक परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएपछि सकिन्छ।

नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औंसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औंसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

गाईलाई गौमाताका रूपमा सम्मान गरिने भएकाले वर्षका तीन सय ६५ दिन नै गाई पूजा गर्न पनि सकिन्छ। तर तिहारका अवसरमा गरिने गाई पूजा भने भोली शनिबार नै गर्नुपर्ने उनको भनाइ छ । यसैले गाईतिहार पनि शनिबार नै मनाइन्छ।

कात्तिक १७ गते शनिबार भने गाईगोरु पूजा, गोवद्र्धनपूजा, बलिपूजा, हलीतिहार, म्ह (आत्म) पूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि गरी छवटा पर्व एकै दिन परेको समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग) र भित्तेपात्रोमा उल्लेख गरिनुका साथै समितिले तिहारको अवसरमा जारी गरेको विज्ञप्तिमा पनि प्रष्ट रूपमा लेखिएको छ।

यसरी प्रष्ट पार्दापार्दै पनि आजै गाई पूजा भनी चर्चा परिचर्चा भइरहेकाले यसप्रति सचेत हुन समितिले आह्वान गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी र अनेरास्ववियुबीच झडप, महेश बर्तौला गम्भिर घाइते
प्रहरी र अनेरास्ववियुबीच झडप, महेश बर्तौला गम्भिर घाइते
गृहमन्त्री जनार्दन शर्मा रुकुमबाट चुनाव लड्ने
गृहमन्त्री जनार्दन शर्मा रुकुमबाट चुनाव लड्ने
मनाेरञ्ज समाचार : शुत्रुघ्न सिन्हाको अफेयरका विषयमा पत्नी पुनमको खुलासा
मनाेरञ्ज समाचार : शुत्रुघ्न सिन्हाको अफेयरका विषयमा पत्नी पुनमको खुलासा
नारायणगढ मुग्लिङ्ग सडकखण्ड अन्र्तगतको कालीखोलामा फेरी पहिरो जांंँदा बाटो पुर्ण रुपमा अवरुद्ध,सयौं सवारी जाममा , हजारौं यात्रु अलपत्र
नारायणगढ मुग्लिङ्ग सडकखण्ड अन्र्तगतको कालीखोलामा फेरी पहिरो जांंँदा बाटो पुर्ण रुपमा अवरुद्ध,सयौं सवारी जाममा , हजारौं यात्रु अलपत्र
साथी–साथी बिच झगडा हुँदा धारिलो हतियार प्रहार
साथी–साथी बिच झगडा हुँदा धारिलो हतियार प्रहार
केपी ओली र हिमानी एउटै जहाजमा फर्किए नेपाल, के यो संयोग हो ?
केपी ओली र हिमानी एउटै जहाजमा फर्किए नेपाल, के यो संयोग हो ?
आज विश्व पक्षाघात दिवस मनाइँदै
आज विश्व पक्षाघात दिवस मनाइँदै
वार’ टिजरमा ऋतिक रोशन र टाइगर श्राफको घम्साघम्सी
वार’ टिजरमा ऋतिक रोशन र टाइगर श्राफको घम्साघम्सी
छाउपडी गोठमा बसे सार्वजनिक सेवासुविधा नदिने
छाउपडी गोठमा बसे सार्वजनिक सेवासुविधा नदिने
सितगगा नगरपालिका अर्घाखाँचीमा कांग्रेस पछ्छाउँदै एमाले
सितगगा नगरपालिका अर्घाखाँचीमा कांग्रेस पछ्छाउँदै एमाले