आज संसदमा यस्तो नयाँ रेकर्ड बनाउँदैछन् प्रधानमन्त्री केपी शर्मा ओली

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २७, २०७४
|
|
२७ पटक हेरिएको
Shares
आज संसदमा यस्तो नयाँ रेकर्ड बनाउँदैछन् प्रधानमन्त्री केपी शर्मा ओली

सारांश

  • काठमाडौं, २७ फागुन ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा नयाँ रेकर्ड बनाउँदैछन् ।
  • आज संसदमा विश्वासको मत लिने क्रममा उनले नयाँ रेकर्ड बनाउन थालेका हुन् ।

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा नयाँ रेकर्ड बनाउँदैछन् । आज संसदमा विश्वासको मत लिने क्रममा उनले नयाँ रेकर्ड बनाउन थालेका हुन् ।

प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार ओलीले आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा ओलीको पक्षमा रहेका सांसदहरुले आफ्नो मत व्यक्त गर्नेछन् ।

अहिलेसम्मको अवस्थालाई हेर्दा ओली नेतृत्वको सरकारको पक्षमा प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये दुई तिहाईभन्दा बढी सांसद ओलीका पक्षमा देखिएका छन् । कम्तिमा २०९ सांसदको समर्थन देखिएको छ । दुईतिहाइका लागि १ सय ८२ मत आवश्यक पर्छ । ओलीको पक्षमा नेकपा एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, राप्रपा र केही स्वतन्त्र सांसदहरु छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस विपक्षमा छ भने नेमकिपा र नयाँ शक्तिले निर्णय गरिसकेका छैनन् । नयाँ शक्ति र नेमकिपाले पनि ओलीलाई नै मत दिने सम्भावना बढिरहेको बताइएको छ । संसदमा नेपाली कांग्रेसमात्रै प्रतिपक्ष बन्ने भएको छ ।

नेपालको राजनीतिक इतिहासमा झण्डै ३ दशक यता पहिलोपटक केपी शर्मा ओलीलाई दुईतिहाई भन्दा बढी सांसदको विश्वासको मत प्राप्त हुँदैछ । २०४६ सालको जनआन्दोलनपछि जारी नेपाल अधिराज्यको संविधान २०४७ घोषणा भएपछि केही सरकारले मात्रै सामान्य बहुमत प्राप्त गरेका थिए । त्यसपछिको करीव ३ दशकको अवधिमा सामान्य बहुमत पनि कुनै एउटा दललाई प्राप्त हुन नसक्दा मिलीजुली र अस्थिर सरकार बन्दै आएका थिए । ३ दशकको अवधिमा दुईतिहाई भन्दा पनि बढीको विश्वास प्राप्त गर्ने नयाँ रेकर्ड बनाउँदैछन् प्रधानमन्त्री केपी शर्मा ओली । अझ अगाडि बढेर भन्ने हो भने २०१५ सालमा दुईतिहाईको बहुमत विश्वेश्वरप्रसाद कोइरालाले प्राप्त गरेका थिए । त्यसपछि यो झण्डै आधा शताव्दीपछि यो इतिहास केपी ओलीले रच्दैछन् ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Ram Adhikari

    He deserves. .

    Comment Author

    Om Sunuwar

    प्रधानमन्त्री के शर्मा ओलीको जय होस ।

    Comment Author

    Mani Prasad Dura

    Goood

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?