आज १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस- राष्ट्रपति, प्रधानमन्त्रीले दिए शुभकामना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २४, २०७४
|
|
२४ पटक हेरिएको
Shares
आज १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस- राष्ट्रपति, प्रधानमन्त्रीले दिए शुभकामना

सारांश

  • काठमाडौं, २४ फागुन -आज १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ।
  • सरकारले महिलाका लागि सार्वजनिक विदा समेत दिएको छ ।
  • महिलाहरुले विविध कार्यक्रमका साथ यो दिवस मनाउँदैछन् ।

काठमाडौं, २४ फागुन -आज १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । सरकारले महिलाका लागि सार्वजनिक विदा समेत दिएको छ । महिलाहरुले विविध कार्यक्रमका साथ यो दिवस मनाउँदैछन् ।
राष्ट्रपति विद्या भण्डारीले महिला अधिकार सुनिश्चित गर्नमा यस दिवसले प्रेरणा दिओस् भन्दै शुभकामना दिएकी छिन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज शुभकामना सन्देश दिदै महिलाले सामाजिक वा कानूनीरुपबाट भोग्नु परेको भेदभाव हटाउन सरकार गम्भीर रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सन्देशमा सामाजिक पछौटेपन, अन्धविश्वास, कूरीति र त्यसबाट महिलाले भोग्नु परेका समस्या अन्त्यका लागि सरकारले विभिन्न प्रयास जारी राखेको उल्लेख छ।
नेपालको संघीय संसद्मा ३३ प्रतिशतभन्दा बढी, प्रदेशसभामा ३४ प्रतिशतभन्दा बढी र स्थानीय तहमा ४० प्रतिशतभन्दा बढी महिला प्रतिनिधि निर्वाचित हुनु विश्वकै लागि प्रेरणादायी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

सन्देशमा भनिएको छ, “विभिन्न खालका कूरीति अन्त्यका लागि सरकारले शिक्षा, सचेतना, कानूनी एवं व्यावहारिकरुपमा प्रभावकारी कदम उठाउने विश्वास दिलाउन चाहन्छु ।” सरकारको विभिन्न प्रयास हुँदाहुँदै पनि गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा महिलाको पहुँच अझै पनि न्यून भएको प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ।

प्रधानमन्त्री ओलीको सन्देशमा राष्ट्रपति, उपराष्ट्रपतिमध्ये एक जना महिला, सभामुख, उपसभामुखमध्ये एक जना महिला, राष्ट्रियसभाको अध्यक्ष वा उपाध्यक्षमध्ये एक जना महिला प्रदेशको सभामुख, उपसभामुखमध्ये एक जना महिला राख्ने संवैधानिक प्रावधान हुनु महत्वपूर्ण फड्को भएको उल्लेख छ।

त्यसैगरी स्थानीय तहमा प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला राख्ने प्रावधान महिला सशक्तीकरणका लागि महत्वपूर्ण फड्को भएको र राष्ट्रपतिजस्तो महत्वपूर्ण पदमा महिला रहेको विश्वका सीमित मुलुकको सूचीमा नेपालले आफूलाई उभ्याउन सफल भएको सन्देशमा उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफू पनि भष्ट्राचार गर्दिन, अरुलाई पनि गर्न दिन्नः रक्षामन्त्री
आफू पनि भष्ट्राचार गर्दिन, अरुलाई पनि गर्न दिन्नः रक्षामन्त्री
पूर्व युवराजको स्वास्थ्य अझै स्थिर, खतरामुक्त नभई सकेको नर्भिक अस्पतालको विज्ञप्ति
पूर्व युवराजको स्वास्थ्य अझै स्थिर, खतरामुक्त नभई सकेको नर्भिक अस्पतालको विज्ञप्ति
‘भिजिट नेपाल २०२०’ गीत सार्वजनिक, गीतको सम्पूर्ण आम्दानी केअर बालगृहलाई (भिडियोसहित)
‘भिजिट नेपाल २०२०’ गीत सार्वजनिक, गीतको सम्पूर्ण आम्दानी केअर बालगृहलाई (भिडियोसहित)
लोक सेवा आयोगको कार्यालयमा विरोध प्रर्दशन
लोक सेवा आयोगको कार्यालयमा विरोध प्रर्दशन
सिभिल होम्सको ठगी धन्दा, घर किन्नेको बिजोग, ९ वर्षसम्म लालपूर्जा समेत पाइएन
सिभिल होम्सको ठगी धन्दा, घर किन्नेको बिजोग, ९ वर्षसम्म लालपूर्जा समेत पाइएन
आज १२ सय १७ संक्रमित थप, १०६४ जना डिस्चार्ज
आज १२ सय १७ संक्रमित थप, १०६४ जना डिस्चार्ज
प्रधानमन्त्री ओलीको सम्बोधन चित्त बुझेन पूर्वराजालाई
प्रधानमन्त्री ओलीको सम्बोधन चित्त बुझेन पूर्वराजालाई
मदिरा नियन्त्रणको रकमले विद्यालय भवन निर्माण
मदिरा नियन्त्रणको रकमले विद्यालय भवन निर्माण
यस्तो छ माधव नेपालदेखि गगन थापासम्मको चुनाव खर्च
यस्तो छ माधव नेपालदेखि गगन थापासम्मको चुनाव खर्च
दर्ता भएपनि सञ्चालनमा नरहेका ७० हजार कम्पनी खारेज हुने
दर्ता भएपनि सञ्चालनमा नरहेका ७० हजार कम्पनी खारेज हुने

तपाईंले छुटाउनुभयो कि?