आफूसँग भएको पैसा निकाल्नोस्, लगानी गर्नोस् : प्रधानमन्त्री
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यावसायीहरुलाई कानुनमा खोजिएको सुधारमा विस्तृत कार्ययोजना लिएर आउन आग्रह गरेका छन् ।
- कमाउनका लागि व्यवसायीले अपारदर्शी काम केही गर्नु नपर्ने र पारदर्शी बन्न आग्रह गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यावसायीहरुलाई कानुनमा खोजिएको सुधारमा विस्तृत कार्ययोजना लिएर आउन आग्रह गरेका छन् ।
कमाउनका लागि व्यवसायीले अपारदर्शी काम केही गर्नु नपर्ने र पारदर्शी बन्न आग्रह गरेका छन् । अदृष्य ढंगले आएको स्रोत लुकाउन पनि गाह्रो देखाउन पनि गाह्रो हुन्छ । प्रधानमन्त्रीले वर्तमान सरकारको प्रयास शुसासन र विकासमा केन्द्रीत रहेको बताए ।
प्रधानमन्त्रीले भने, अबको नेपाली समाज असन्तुष्टि प्रधान समाज होइन, समस्या समाधान गरेर अघि बढ्ने अनुकुलता छन् । प्रधानमन्त्रीले अबको चार वर्षभित्र नेपालमा निरपेक्ष गरिवीको रेखामुनि कोही पनि नरहने उल्लेख गरे ।
कानुनी सुधार : समृद्धिको आधार भन्ने नाराका साथ आयोजित नेपाल उद्योग परिसंघको १६ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै ‘व्यापार गर्ने क्रममा कुनै वाधा, व्यवधान आइलागे वा कर्मचारीहरुबाट कुनै समस्या उत्पन्न गरिए म कहाँ आउनोस् ।’
प्रधानमन्त्री ओलीले कार्यक्रममा उपस्थित उद्योगी, व्यावसायीहरुलाई सम्वोधन गर्दै ‘आफ्ना मौलिक उद्योग खोलौं, सरकारले के सहयोग गर्नु प¥यो ? के छुट दिनुप¥यो ? भनौं ।’ कानुनको कुन पृष्ठमा, कुन दफा र उपदफामा के सुधार गर्नुप-यो त्यो स्पष्ट आफुलाई बताउन प्रधानमन्त्रीले आग्रह गरे । व्यापारी व्यावसायीलाई भने, ‘आफूसँग भएको पैसा निकाल्नोस, लगानी गर्नोस् । बाहिरबाट ल्याएको पैसा छ भने पनि स्वच्छ हो भन्ने प्रत्याभूति गर्नोस र लगानी गर्नोस् ।’
नेपालमा क्रियाशील जनसंख्या ठूलो परिमाणमा रहेको उल्लेख गर्दै देशमा खनिजलगायतका प्राकृतिक स्रोतहरुको सदुपयोग गर्ने वातावरण बनिरहेको बताए ।
देशमा राजनीतिक स्थिरता कायम भएकोले अनुकूल परिस्थिति निर्माण भएको उल्लेख गरे । यी पक्षहरुका साथै अहिलेको सरकार तपाईंहरुको माग वमोजिम कानुनहरुमा आवश्यक सुधार गर्न तत्पर छ ।
स्वदेशी उधमी, व्यावसायीलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको बताउँदै पूँजी र प्रविधिका लागि विदेशी लगानीका लागि आहृवान गरिएको प्रष्ट पारे । हामीलाई पनि फाइदा हुने र लगानी गर्ने विदेशीलाई फाइदा हुने अवस्था सिर्जना गर्दै सहकार्यको वातावरण बनाइने बताए ।
प्रतिक्रिया