आफ्नै घरमा शंकास्पद अबस्थामा महिलाको शब फेला
सारांश
- सलीम अन्सारी, ५ माघ प्युठान।
- प्युठानमा एक महिला मृत फेला परेकी छिन् ।
- प्युठानको हंसपुर-९ केवरापानी डुम्रे निबासी बर्ष ३३ कि गँगीसरा रेश्मी आफ्नै घरमा मृत भेटिएकी हुन।
सलीम अन्सारी, ५ माघ प्युठान। प्युठानमा एक महिला मृत फेला परेकी छिन् । प्युठानको हंसपुर-९ केवरापानी डुम्रे निबासी बर्ष ३३ कि गँगीसरा रेश्मी आफ्नै घरमा मृत भेटिएकी हुन।
मंगलबार सांझ घर मै उनी मृत फेला परेपछी घटना बारे स्थानियले प्रहरीलाई खबर गरेका थिए।अस्थायी प्रहरी पोष्ट ढुङ्गेगढीका अनुसार मृतकको पछाडिको भाग र अनुहारभरी गहिरो चोट लागेकाले र दाहिने आँखा फुटेको देखिएकाले उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ।हत्याको आशंकामा मृतकका श्रीमान ३८ बर्षिया निम बहादुर रेश्मीलाई प्रहरीले पक्राउ गरेको छ।
मृतकका माइती पक्षले समेत आफ्नी छोरीको हत्या निजकै पतिले गरेको भनी दाबी गरेपछी थप अनुसन्धानका लागि भन्दै प्रहरीले उनलाइ जिल्ला प्रहरी कार्यालयमा चलान गरेको हो। उनले यहि माघ २ गते आफ्नी पत्नीलाई निर्घात कुट्पिट गरि घाइते बनाएको समेत बुझिएको छ।मृतकको शबलाइ पोष्ट्माट्मका लागि जिल्ला अस्पताल बिजुवार पठाइएको अस्थायी प्रहरी पोष्ट बड्डडाडांका प्रहरी सहायक निरिक्षक कमल ओलिले जानकारी दिए|
प्रतिक्रिया