इन्डियन प्रिमियर लिग(आइपिएल) को १०औं संस्करण भोलीदेखि सुरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २२, २०७३
|
|
३१७ पटक हेरिएको
Shares
इन्डियन प्रिमियर लिग(आइपिएल) को १०औं संस्करण भोलीदेखि सुरु

सारांश

  • इन्डियन प्रिमियर लिग(आइपिएल) को १०औं संस्करण भोलीदेखि सुरु हुँदैछ।
  • यस्तो अवस्थामा क्रिकेट समर्थकका लागि दुःखको कुरा, भारतका केही स्टार खेलाडी चोटका कारण यसपालिको आइपिएलको सुरुवातको खेलमा अनुपस्थित रहनेछन्।
  • अनुपस्थिति रहने स्टार खेलाडीमा सबैभन्दा अगाडि कप्तान विराट कोहलीको नाम छ।
इन्डियन प्रिमियर लिग(आइपिएल) को १०औं संस्करण भोलीदेखि सुरु हुँदैछ। यस्तो अवस्थामा क्रिकेट समर्थकका लागि दुःखको कुरा, भारतका केही स्टार खेलाडी चोटका कारण यसपालिको आइपिएलको सुरुवातको खेलमा अनुपस्थित रहनेछन्।
अनुपस्थिति रहने स्टार खेलाडीमा सबैभन्दा अगाडि कप्तान विराट कोहलीको नाम छ। अस्ट्रेलियाविरुद्ध तेस्रो टेस्टमा काँधमा चोट बोकेका विराट अहिलेसम्म फिट देखिएका छैनन्। उनले चोटकै कारण चौथो टेस्ट पनि गुमाएका थिए।
यसबाहेक राइजिङ पूणे सुपरजायन्टका स्टार अफ स्पिनर रवीचन्द्रन अश्विन र टेस्टमा प्रारम्भिक ब्याट्सम्यानको भूमिका निर्वाह गर्ने किङ्स इलेभेन पञ्जावका मुरली विजय पनि आइपिएलको केही खेलबाट बाहिर रहनेछन्। अश्विन हर्नियाको अपरेशनका कारण ६ साता बाहिर रहने बताइएको छ। अश्विनसँगै एउटै टिममा रहेका मिचेल मार्श पनि चोटका कारण बाहिरिने पक्का छ।
रोयल च्यालेञ्जर बेङ्लोरका कप्तान विराट मात्र होइन, सोही टिमका भारतीय ब्याट्सम्यान केएल राहुल पनि अनुपस्थित रहने खबर आएको छ। राहुलको पनि काँधमा चोट लागेको बताइन्छ। यस्तै, टाढको समस्याका कारण एबि डीभिलियर्स पनि मैदानमा उत्रिँने कुरामा शंका छ।
गुजराज लायन्सका अलराउन्डर जडेजाको औलामा चोट लागेको बताइन्छ। यस्तै, कोलकाता नाइटराइडर्सका तीब्र बलर यादवको हिपमा चोट छ।

 विजयको नाडी र हातमा चोट लागेको बताइन्छ। यस्तै, अस्ट्रेलियाविरुद्धको शृंखलामा उत्कृष्ट खेलाडी घोषित भएका रवीन्द्र जडेजा र तीब्र बलर उमेश यादव पनि चोटका कारण सुरुवातको खेलमा बाहिरिन सक्ने बताइएको छ। यी दुवैलाई २ साता आराम गर्न सुझाव दिइएको छ।
यसबाहेक दिल्ली डेयरडेभिल्सका विदेशी खेलाडी दक्षिण अफ्रिकी जेपी डुमेनी र क्वान्टन डि कोक पनि चोटका कारण सुरुवातको खेलमा मैदानमा देखिने छैनन्।

(www.plu68.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?