उच्च पदस्थका घरमा बसेका ७४ प्रहरी फिर्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २१, २०७४
|
|
२९ पटक हेरिएको
Shares
उच्च पदस्थका घरमा बसेका ७४ प्रहरी फिर्ता

सारांश

  • काठमाडौं – प्रहरी प्रधान कार्यालयले नियमविपरीत पहुँचको भरमा निजी सुरक्षा गार्ड र चालकका रुपमा रहेका ७४ प्रहरीलाई फिर्ता बोलाएको छ ।
  • उनीहरुलाई पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, पूर्वमन्त्री, उच्चपदस्थ अधिकारीलगायतले बर्षौंदेखि गैरकानुनी रुपमा काममा लगाइरहेका थिए ।
  • फिर्ता आएकामा ५७ सुरक्षा गार्ड र १७ जना चालक छन् ।

काठमाडौं – प्रहरी प्रधान कार्यालयले नियमविपरीत पहुँचको भरमा निजी सुरक्षा गार्ड र चालकका रुपमा रहेका ७४ प्रहरीलाई फिर्ता बोलाएको छ ।

उनीहरुलाई पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, पूर्वमन्त्री, उच्चपदस्थ अधिकारीलगायतले बर्षौंदेखि गैरकानुनी रुपमा काममा लगाइरहेका थिए ।

फिर्ता आएकामा ५७ सुरक्षा गार्ड र १७ जना चालक छन् । प्रहरीका अनुसार पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, केशवप्रसाद उपाध्याय तथा मीनबहादुर रायमाझीको सुरक्षामा खटिएका अंगरक्षकलाई फिर्ता बोलाइएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

कांग्रेस नेतृ एवं पूर्वउपसभामुख चित्रलेखा यादव, पूर्वमन्त्रीहरु नरहरि अचार्य, रमेश लेखक, अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाललगायत अन्य नेताहरुले गैरकानुनी रुपमा सुरक्षा गार्डका रुपमा राखेका प्रहरीलाई फिर्ता गरिएको छ ।

उनीहरुले गैरकानुनी रुपमा प्रहरीलाई प्रयोग गरेको सूचना आएपछि फिर्ता बोलाएको जानकारी प्रहरी प्रधान कार्यालयका अधिकारीले दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?