उत्तरपुस्तिका हराएपछि परीक्षा दिएका सबै उतीर्ण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३, २०७४
|
|
३७ पटक हेरिएको
Shares
उत्तरपुस्तिका हराएपछि परीक्षा दिएका सबै उतीर्ण

सारांश

  • काठमाडौं : परीक्षा नियन्त्रण कार्यालयले उत्तरपुस्तिका हराइदिएपछि पुनः परीक्षा दिएका पब्लिक युथ क्याम्पसका सबै विद्यार्थी उत्तीर्ण भएका छन् ।
  • पब्लिक युथ क्याम्पसका सहायक प्रमुख बलराम थापाका अनुसार उत्तरपुस्तिका हराएका एक सय ९६ जनामध्ये २८ जना परीक्षामा अनुपस्थित भएका थिए ।
  • ‘अन्य सबै परीक्षार्थी उत्तीर्ण भएको पनिकाबाट जानकारी आएको छ’ थापाले भन्नुभयो ।

काठमाडौं : परीक्षा नियन्त्रण कार्यालयले उत्तरपुस्तिका हराइदिएपछि पुनः परीक्षा दिएका पब्लिक युथ क्याम्पसका सबै विद्यार्थी उत्तीर्ण भएका छन् ।पब्लिक युथ क्याम्पसका सहायक प्रमुख बलराम थापाका अनुसार उत्तरपुस्तिका हराएका एक सय ९६ जनामध्ये २८ जना परीक्षामा अनुपस्थित भएका थिए । ‘अन्य सबै परीक्षार्थी उत्तीर्ण भएको पनिकाबाट जानकारी आएको छ’ थापाले भन्नुभयो ।

पनिकाले एमबीएस प्रथम वर्ष अध्ययन गरेर परीक्षा दिएका एकाउन्टिङ विषयको उत्तरपुस्तिका हराएको थियो । उनीहरूको नतिजा असार पहिलो साता सार्वजनिक भएको थियो । उत्तरपुस्तिका हराएपछि ती विद्यार्थीका लागि असार ३१ गते पुनः परीक्षा सञ्चालन गरिएको थियो । परीक्षाको नतिजा पनि भोलिपल्टै सार्वजनिक गरिएको हो।

त्रिविले गत चैतमा सञ्चालन गरेको परीक्षामा सम्मिलित तीन सय जना परीक्षार्थीमध्ये एक सय ९६ जनाको नतिजामा अनुपस्थित आएपछि उत्तरपुस्तिका हराएको प्रमाणित भएको थियो । उत्तरपुस्तिका हराएपछि पनिकाले असार १६ गते नै अध्ययन समिति गठन गरेर उत्तरपुस्तिका हराउनुको कारणबारे सोधखोज गरेको थियो ।

अध्ययन समितिले छानबिन गर्दा उत्तरपुस्तिका परीक्षण गरेर चितवनबाट राजधानी ल्याउने क्रममा हराएको पत्ता लागेको थियो । सामान्यतया पनिकाले राजधानीमा भएको परीक्षाको उत्तरपुस्तिका परीक्षणका लागि राजधानी बाहिरका परीक्षण केन्द्रमा लैजाने गरेको छ । राजधानी बाहिर सञ्चालित परीक्षाको उत्तरपुस्तिका राजधानी ल्याएर परीक्षण गरिन्छ ।

तर राजधानी बाहिरका विभिन्न केन्द्रबाट परीक्षण गरेर संकलन गर्ने क्रममा चितवन केन्द्रको उत्तरपुस्तिकाको पोको नै हराएको पनिकाको भनाइ छ । यसअघि पनि पनिकाले पटकपटक परीक्षार्थीको उत्तरपुस्तिका हराइसकेको छ । उत्तरपुस्तिका हराउने कर्मचारी तथा प्राध्यापकलाई कडा कारबाही नहुँदा यस्ता घटनाहरू दोहोरिने गरेका छन् ।

शिक्षाविदहरूले भने जुन प्राध्यापकले पढाउने विषय हो, उसैलाई उत्तरपुस्तिका पनि परीक्षण गर्न दिने व्यवस्था गरिएमा उत्तरपुस्तिका हराउने क्रमलाई रोक्न सकिने सुझाव दिएका छन् ।
अन्नपूर्णपोस्ट बाट साभार ।

(bricks4kidz.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्लादिमीर पुटिनबीच  गोप्य भेटवार्ता भएको खुलासा
डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्लादिमीर पुटिनबीच गोप्य भेटवार्ता भएको खुलासा
३३ किलाे सुन प्रकरण: एसएसपी र गोरेलाई देखभेट र बोलचालमा पूर्ण बन्देज!
३३ किलाे सुन प्रकरण: एसएसपी र गोरेलाई देखभेट र बोलचालमा पूर्ण बन्देज!
एमाले भक्तपुर-२ का उम्मेदवारको पाँच वर्षे ‘३० वटा महत्वपूर्ण योजना’हरु सार्वजनिक
एमाले भक्तपुर-२ का उम्मेदवारको पाँच वर्षे ‘३० वटा महत्वपूर्ण योजना’हरु सार्वजनिक
काठमाडौ कोदारी नाशा बुलेट बाइक र्‍याली
काठमाडौ कोदारी नाशा बुलेट बाइक र्‍याली
शुन्य समयमा  सांसदले  उठाए मल, बीउ र सडक निर्माणको समस्या
शुन्य समयमा सांसदले उठाए मल, बीउ र सडक निर्माणको समस्या
साल्ट ट्रेण्डिङ कर्पाेरेशन सेवामूलक बन्नुपर्छः आपूर्तीमन्त्री यादव
साल्ट ट्रेण्डिङ कर्पाेरेशन सेवामूलक बन्नुपर्छः आपूर्तीमन्त्री यादव
अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक
अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक
पहिले र अहिले यी बलिउड सेलिब्रेटी !
पहिले र अहिले यी बलिउड सेलिब्रेटी !
साँढे तीन खर्ब रकम अभाव हुने भएकोले दाता सम्मेलनको आयोजना गर्ने तयारीमा छौं : पूर्ननिर्माण प्राधिकरण सिईओ भुसाल
साँढे तीन खर्ब रकम अभाव हुने भएकोले दाता सम्मेलनको आयोजना गर्ने तयारीमा छौं : पूर्ननिर्माण प्राधिकरण सिईओ भुसाल
राती १ बजेसम्म अनलाईन बैठक,केन्द्रीय कमिटीको बैठक बोलाउन हस्ताक्षर संकलन गर्दै नेकपा
राती १ बजेसम्म अनलाईन बैठक,केन्द्रीय कमिटीको बैठक बोलाउन हस्ताक्षर संकलन गर्दै नेकपा