उदयपुर ,बाजुरा,रुपन्देही,पाँचथर,बर्दिया र रोल्पाको ताजा मतपरिणम !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
४३ पटक हेरिएको
Shares
उदयपुर ,बाजुरा,रुपन्देही,पाँचथर,बर्दिया र रोल्पाको ताजा मतपरिणम !

सारांश

  •  असार १५ – काठमाडौं बाजुरा- बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर कार्की विजयी हुनुभएको छ ।
  • उहाँ ५ सय ४० मत ल्याएर विजयी हुनु भएको हो ।
  • उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिलबहादुर बिकले २ सय ८३ मत ल्याउनुभयो ।
 असार १५ – काठमाडौं

बाजुरा-

बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर कार्की विजयी हुनुभएको छ । उहाँ ५ सय ४० मत ल्याएर विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिलबहादुर बिकले २ सय ८३ मत ल्याउनुभयो । मेयरका उम्मेदवार नेपाली कांग्रेसका पदम बडुवालले ५ सय ३७ तथा उपमेयर कविता विष्टले ५ सय ३७ मत ल्याउनु भएको छ ।

यस्तै नेकपा एमालेका मेयरका उम्मेदवार गगन रावलले ३ सय ९३ मत ल्याउनु भएको छ भने उपमेयर उम्मेदवार गीता रावलले २ सय ९० मत ल्याउनु भएको छ ।

 

रोल्पा-
रोल्पाका चारवटा स्थानीय तहमा मतगणना सुरु भएको छ । माडी, त्रिवेणी, रुन्चीगली गाउँपालिकामा मतगणना सुरु भएको छ । केहीमा बुधबार राति र बिहीबार बिहानदेखि मतगणना सुरु भएको हो ।

प्रदेश नम्बर १ अन्तर्गत उदयपुरको एक नगरपालिकामा बुधबार रातिदेखि नै मतगणना सुरु भएको छ । चौदण्डी नरपालिकामा मतगणना सुरु भएको हो ।

उदयपुर

१० वडा रहेको चौदण्डी नरपालिकामा सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिएको हो । ४ गाउँपालिका र ४ नगरपालिका रहेका उदयपुरका अरु स्थानीय तहमा भने बिहीबार बिहानबाट मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।

रुपन्देही

प्रदेश नम्बर ५ अन्तर्गत रुपन्देहीको बुलटवल उपमहानगरपालिका, देवदह नगरपालिका र सिद्धार्थनगर नगरपालिकामा अहिले मतगणना भइरहेको छ । बुटवलमा बिहीबार बिहान ४ बजेदेखि मतगणना सुरु भएको हो । यस्तै देवदह र सिद्धार्थनगरमा राति १ बजेदेखि मतगणना भइरहेको हो ।

देवदह नगरपालिकाको प्रारम्भीक मतपरिणाम पनि आएको छ । देवदहको मेयरमा कांग्रेस उम्मेदवारले अग्रता लिएका छन् । प्रारम्भीकर नजिता अनुसार मेयरमा कांग्रेस उम्मेदवार हिरा केसीले ३७ मत ल्याउनुभएको छ ।

यस्तै एमाले उम्मेदवार टीकाराम चापागाईंले २४ मत ल्याउनुभएको छ । रुपन्देहीको मर्चवार क्षेत्रमा रहेका चार गाउँपालिकामा पनि रातिदेखि नै मतगणना भइरहेको छ ।

पाँचथर

पाँचथरको दुम्बेवा गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । बुधबार राति १० बजेदेखि मतगणना सुरु भएकोमा प्रारम्भीक नतिजा आउँदासम्म गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिनुभएको हो ।

दुई सय ५४ मत गन्दासम्म कांग्रेस उम्मेदवार होम थापाले एक सय मत ल्याउनुभएको छ । यो गाउँपालिकामा माओवादी केन्द्र र एमालेले तालमेल गरेका छन् । गठबन्धनबाट अध्यक्षका उम्मेदवार माओवादी केन्द्रका देवेन्द्र खत्रीले ७० मत ल्याउनुभएको छ ।

उपाध्यक्षमा एमालेकी धन सावाले ९९ मत ल्याउनुभएको छ । कांग्रेसले राप्रपासँग गठबन्ध गरेकाले उपाध्यक्षमा राप्रपाका उम्मेदवार घलेन्द्र कुरुङवाङले ६२ मत ल्याउनुभएको छ ।

अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ । वडाध्यक्षमा भने एमालले अग्रता लिएको छ । पाँचथरका एक नगरपालिका र सात गाउँपालिकासहित ८ स्थानीय तह छ ।

बर्दियामा मतगणना सुरु, माओवादी केन्द्रको सुरुवाति अग्रता

र्दिया, असार १५ – बर्दियाका चार ओटा स्थानीय तहमा बुधबार रातिदेखि मतगणना सुरु भएको छ । मधुवन नगरपालिका, बासँगढी नगरपालिका, गेरुवा गाउँपालिका र ठाकुरबाबा नगरपालिकामा बुधबार रातिदेखि मतगणना सुरु भएको हो ।

मतगणना सुरु भएका ठाउँमा माओवादी केन्द्रले अग्रता लिएको छ । मधुवन नगरपालिकामा माओवादी केन्द्रले २ सय ८०, नेपाली कांग्रेसले २ सय ३१ र एमालेले १ सय १ मत ल्याएको छ । यस्तै गेरुवा गाउँपालिकामा माओवादी केन्द्रले ६८, नेपाली कांग्रेसले ५१, एमालेले ३९ र फोरम लोकतान्त्रिकले २३ मत ल्याएको छ ।

यस्तै बढैयाताल गाउँपालिकामा बिहीबार बिहान सर्वदलीय बैठक बोलाइएको छ । यस्तै गुलरिया नगरपालिका, बार बर्दिया नगरपलिका र राजापुर नगरपालिकामा बिहान ८ बजेबाट मतगणना गर्ने तयारी भइरहेको छ । बुधबार बेलुका बसेको सर्वदलीय बैठकले बिहीबार बिहानदेखि मतगणना सुरु गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?