‘उही खोलीमा पानी’ बोलको गीतले चिनायो : राजन गुरुङ
सारांश
- काठमाडौं ।
- सानै उमेरदेखि लोक संगीतमा रूची राख्ने गायक राजन गुरुङले समय परिवेशअनुसार नयाँ नयाँ प्रस्तुती दिइराखेका छन् ।
- तर, अहिले पनि उनको धेरै पुरानो गीत ‘उही खोलीको पानी, उही खोलीमा माछा’ बोलको गीतले बजार तातिरहेको छ ।
काठमाडौं । सानै उमेरदेखि लोक संगीतमा रूची राख्ने गायक राजन गुरुङले समय परिवेशअनुसार नयाँ नयाँ प्रस्तुती दिइराखेका छन् । तर, अहिले पनि उनको धेरै पुरानो गीत ‘उही खोलीको पानी, उही खोलीमा माछा’ बोलको गीतले बजार तातिरहेको छ ।
नेपाली कला र सँस्कृतिको जगेर्ना गर्ने हेतुले साथै सानैदेखिको गीत संगीतप्रतिको झुकावले गर्दा आफूलाई घच्घच्याईरहेको कारण लोकदोहोरी गीत सृजना गरेको र दर्शक स्रोताको मिठो मायाले हौसला थपेको कारणले गर्दा आफू यसै बस्न नसकेको कुरा गुरुङले बताएका छन् ।
उनी भन्छन्, ‘मलाई दर्शक, श्रोता र शुभचिन्तकहरुसमक्ष राजन गुरुङ भनेर चिनाएको गीत नै यही हो । त्यसैले अहिले स्टेज कार्यक्रममा यही गीत गाउन आग्रह गर्दछन् ।’
गुरुङ यही आउँदो जुलाई २९ मा लण्डन जाँदैछन् । उनको सांगीतिक यात्रा लण्डनमा हुने उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सबैलाई जानकारी समेत गराएका छन् ।
सायपत्री नेपाली कल्चर ग्रुप युकेको आयोजनामा उनी लण्डन जान लागेका हुन् । उनले फेसबुकमा मेरो जीवनको पहिलो विदेस यात्रा तय गरिदिनुहुने मेरो आदरणीय दाजु एलबी गुरुङ र लोकप्रिय गायक मेरो अन्नय मित्र गणेश गुरुङलाई विशेष धन्यवाद दिएका छन् ।
उनले लेखेको फेसबुक स्ट्याटस यस्तो छ ।

यस्तै माया र साथ पाएमा भोलीका दिनहरूमा अझै उत्कृष्ट कोशेली पस्कने प्रेरणा मिल्ने छ भन्दै गुरुङ भन्छन्, ‘दर्शक र श्रोता, शुभचिन्तकहरू मेरा लागि भगवान हुनुहुन्छ, उहाँहरूको ताली र गाली मेरा लागि आशिर्वाद र प्रसाद हुन् म ग्रहण गर्ने छु ।’
गायक राजन गुरुङ र सुमधुर स्वरकी धनि गायीका देविघर्तीको स्वर रहेको ‘उही खोलीको पानी उही खोलीमा माछा’ यतिबेला पनि चर्चामा छ ।
गीतमा केशव पौडेलको उत्कृष्ट शब्द रहेको छ भने बशन्त थापाको लय रहेको छ । उक्त एल्वम ब्रधर्स क्रियशनले बजारमा ल्याएको हो ।
प्रतिक्रिया