एक महिनासम्म मतपेटिकाको सुरक्षा कसले गर्छ?:ओली
सारांश
- प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अहिले सरकारले ल्याएको संविधान संशोधन विधेयक पहिलेको भन्दा खतरनाक भएको आरोप लगाए।
- सोमबार बसेको संसद बैठकमा बोल्दै अध्यक्ष ओलीले भने, ‘सीमाना हेरफेर गर्न प्रदेश सभाको सहमति नचाहिदो व्यवस्था राख्न खोजेर सरकारले चलाखीका साथ खतरनाक ढंगले प्रस्तुत गरेको छ।
- उनले भने,‘प्रदेश सभाको सहमति चाहिने संवैधानिक व्यवस्था नै हटाउन खोजियो।
प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अहिले सरकारले ल्याएको संविधान संशोधन विधेयक पहिलेको भन्दा खतरनाक भएको आरोप लगाए। सोमबार बसेको संसद बैठकमा बोल्दै अध्यक्ष ओलीले भने, ‘सीमाना हेरफेर गर्न प्रदेश सभाको सहमति नचाहिदो व्यवस्था राख्न खोजेर सरकारले चलाखीका साथ खतरनाक ढंगले प्रस्तुत गरेको छ। उनले भने,‘प्रदेश सभाको सहमति चाहिने संवैधानिक व्यवस्था नै हटाउन खोजियो। सरकारी प्रस्ताव पारित भयो भने नरहे बाँस नबझे बासुरीको अवस्था आउँछ।’
ओलीले बाहिर सुन्दा सकारात्मक होकि भन्ने भान पारिएको भन्दै उनले बाहिर दल मिल्न खोज्दै छन् भन्ने भ्रम पारिएको बताए।
सरकारले एमालेलाई एक्ल्याउन खोजेको ओलीको आरोप थियो। ‘हामीलाई एक्ल्याउने प्रयास भएको छ। सरकारले निर्वाचन चाहेकै छैन। सरकारले एमालेका कारण निर्वाचन भएन भन्ने पार्न खोजिरहेको छ,’ ओलीले भने, ‘यो सरकार बनेपछि संविधान संशोधनमा मात्रै अल्मलिएको छ। निर्वाचन नहुने वातावरण बनाउन तिर लागेकै छैन।’
संविधान संशोधन गर्न मिल्ने भन्दै ओलीले सधैभरी संशोधन गरेर मात्रै नबस्न सरकारलाई सुझाव दिए। ‘संविधान संशोधन हुन सक्छ तर यसो भन्दैमा सधैं संविधान संशोधनमा मात्रै लाग्ने हाम्रो अरू काम छैन? उनले प्रश्न गरे, ‘पपुलिष्ट बजेट ल्याएर निर्वाचन गर्ने काम लोकतन्त्रमा मिल्छ? यो विधि अनुसार हुँदैन। यसमा सरकारको ध्यान गएको छ की छैन?’
निर्वाचनका लागि आवश्यक पर्ने विषय संशोधन गर्न सकिने भन्दै उनले भने, ‘निर्वाचनको मिति घोषणा भएपछि स्थानीय तहको संख्या बढाउन सकिन्नँ,’ उनले भने,‘यो सरकारलाई कानुन नियम केही छैन। चितवनमा आतंक मच्चाउने ध्रुवे हात्ती जस्तो सरकार भएको छ।’
यो रूपान्तरित संसद हो। यसले जहाँ जहाँ जसो जसो पर्यो त्यो गर्दै हिड्न मिल्दैन। यसले संविधान अनुसारको कानुन मात्रै बनाउने हो, निर्वाचन गर्ने हो तर यसमा सरकारको ध्यान नगएको उनले स्मरण गराए।
‘बहालवाला डिआइजीलाई गिरफ्तार गर्नुहुन्छ। जनताको के हालत होला,’ ओलीले प्रश्न गरे,‘बाच्न पाउनुपर्छ हजुर।’ उनले एउटा डिआईजी कानुनी सहायता लिन गएका बेलामा गिरफ्तार गरेर सरकार किन यति तल झरेका? भनि प्रश्न गरेका छन्। ‘हामी यो डिआईजी तेरो यो मेरो यो अर्काको भन्दैनौं। हामी विधिको शासन चाहान्छौं। यदि कसैलाई आइजीले चुनाव जिताउने भ्रम छ भने त्यो भ्रम नपाले हुन्छ,’ उनले भने।
निर्वाचन सम्भव गराउने बाटोमा लाग्न अध्यक्ष ओलीले सरकारलाई सुझाव दिए। बजेट लगत्तै निर्वाचन गर्ने जस्तो असुहाउदो काम हुन नसक्ने दाबी गरेका ओलीले भने, ‘संघीयताको कुरा गर्ने तर प्रदेशको अधिकार खोस्ने काम मान्य हुन्न। सिंहदरबारका अधिकार गाउँमा पुर्याउने होकी प्रदेशमा पुर्याउने हो?’, उनले प्रश्न गरे।
एक महिनासम्म मतपेटिकाको सुरक्षा कसले गर्छ? मन्त्रीले कि कार्यकर्ता धर्ना बस्ने? प्रहरीले गर्नेकि कसले गर्ने ?उनले प्रश्न थियो।
स्थानीय तहको अधिकार खोस्ने काम संविधान विपरीत हुने ओलीले बताए। उनले भाषालाई अनुसूचीमा राख्न सकिए पनि सबै भाषा सरकारी कामकाजको भाषा मान्न नसकिने जिकिर गरे। ‘संघीय व्यवस्थाको मर्मलाई मार्ने गरि आएको संशोधन मान्न सकिन्न,’ उनले भने, ‘जुन विषयहरू आएका छन् ती कुराहरू गम्भीर छलफल गरेर यसलाई स्वीकार्य बनाएर जानुपर्छ।’
पहिलो चरणमा निर्वाचन गर्न नसकिने भन्ने नभएको भन्दै उनले अझै पनि एक चरणमा निर्वाचन गर्न सकिने दाबी गरे। बजेट प्रस्तुत हुनुभन्दा पहिला निर्वाचन गर्नुपर्ने भन्दै यहीँ नाउँमा संविधान संशोधन हुन नसक्ने उनको ठोकुवा थियो।
निर्वाचन मिति दुई पटक वा सार्न नमिल्ने उनले दाबी गरे- अहिले एउटा पार्टीले निर्वाचन सार्नुपर्छ भनेमा सार्ने फेरि पछि अर्को पार्टीले फेरि सार्नुपर्छ भन्ला सधैं सार्न सकिदैन।
एमालेलाई मधेस विरोधी भन्नेहरूले यो भन्दा धेरै बजेट मधेस पठाउन आग्रह गर्दै आफूहरू मधेस विरोधी नभएको दोहोर्याए। ‘मैले माखेसाङलो जस्तो असजिलो भनेको हो तर हामीलाई माखा भनियो भनेर हल्ला चलाइयो।’
‘मलाई धोती,आप खसेको, विहार जाउ भन्यो भनेर नभएको हल्ला समेत फिजाइया। तर मैले नै हो मधेस मैत्री बजेट बनाएको। दुई तिहाइको दम्बले काम नगरौ भोलि इतिहासमा जवाफ एक्लैले दिने हा।’
कहिले त जबाफ दिने मौका नआउन पनि सक्छ। सबै माननीयले सोचेर निर्णय गरौं ।हाम्रो पार्टीले पनि लामो हात फैलाएको छ।
– See more at: http://setopati.com/raajneeti/67854/#sthash.WzCdLlk8.dpuf
प्रतिक्रिया