एक युवतीको बयान : ६ महिनासम्म हरेक दिन बलात्कृत भएँ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १३, २०७४
|
|
४५ पटक हेरिएको
Shares
एक युवतीको बयान : ६ महिनासम्म हरेक दिन बलात्कृत भएँ

सारांश

  • ‘६ महिनासम्म हरेक दिन उसले मलाई बलात्कार गरिरह्यो ।
  • मैले मर्न प्रयास गरेँ’ यो भनाइ हो एक यजिदी (इराकी) युवती इखलासको ।
  • इखलास त्यतिबेला १४ वर्ष जतिकी थिइन्, जब इस्लामिक स्टेटको कथित लडाकूले उनलाई अपहरण ग¥यो र यौनदासीको रुपमा बन्धक बनायो ।

‘६ महिनासम्म हरेक दिन उसले मलाई बलात्कार गरिरह्यो । मैले मर्न प्रयास गरेँ’ यो भनाइ हो एक यजिदी (इराकी) युवती इखलासको ।

इखलास त्यतिबेला १४ वर्ष जतिकी थिइन्, जब इस्लामिक स्टेटको कथित लडाकूले उनलाई अपहरण ग¥यो र यौनदासीको रुपमा बन्धक बनायो ।

सन् २०१४ मा इस्लामिक स्टेटको निशानामा विशेषगरी यजिदी मानिसहरु थिए । यजिदी एउटा धार्मिक समुदाय हो, जो उत्तरी इराकको क्षेत्रमा सदियौंदेखि बस्दै आएका छन् ।

इस्लामिक स्टेटका चरमपन्थी लडाकूहरुले सो समुदायका पुरुषहरुको हत्या गरे भने महिलालाई आफ्नो नियन्त्रणमा लिए । इखलास पनि तिनै महिलामध्ये एक हुन् ।

यद्यपि, इखलासले इस्लामिक स्टेटको नियन्त्रणबाट भाग्ने ठूलो प्रयास गरिन्, तर उनी असफल भइन् । आईएसको लडाकूले उनलाई बन्धक बनायो र यौनदासीको रुपमा ६ महिनासम्म राख्यो ।

आईएसका एक लडाकूले १ सय ५० युवतीमध्ये चिठ्ठाद्वारा उनलाई चुनेको इखलासले बताइन् । उनी भन्छिन्, ‘त्यो व्यक्ति अत्यन्त कुरुप थियो । म यति डराएँ कि उसको तर्फ हेर्न पनि मुस्किल थियो ।’

एक दिन त्यो लडाकू लडाइँमा कतै गएको थियो, त्यही बेला इखलासलाई भाग्ने मौका मिल्यो र उनी भाग्न सफल भइन् पनि । त्यसपछि उनलाई एउटा शरणार्थी शिविरमा लगियो ।

दुःख र त्रासले भरिएका ती दिन याद गर्दै इखलास भन्छिन्, ‘म नरोईकन पनि तपाईंलाई ती घटना कसरी भन्न सकिरहेको छु ? मलाई लाग्छ मेरो आँशु सुकिसकेको छ ।’

इखलास अहिले जर्मनीको एक मानसिक अस्पतालमा छिन् । त्यहाँ उनलाई उपचारको साथसाथै शिक्षा पनि दिँदै आएको छ । इखलास वकिल बन्न चाहन्छिन् । (बीबीसीबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसियाडः प्याराग्लाइडिङबाट नेपाललाई रजत पदक !
एसियाडः प्याराग्लाइडिङबाट नेपाललाई रजत पदक !
प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा २० अर्ब खर्च
प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा २० अर्ब खर्च
तपाईको फेसबुक प्रोफाइल कसले हेर्यो ? अब यसरी पत्ता लगाउनुहोस्
तपाईको फेसबुक प्रोफाइल कसले हेर्यो ? अब यसरी पत्ता लगाउनुहोस्
अष्ट्रेलियाली चलचित्र निर्माता क्याम्बोडियाकाे जेलमा !
अष्ट्रेलियाली चलचित्र निर्माता क्याम्बोडियाकाे जेलमा !
टिम नेपोको राष्ट्रिय भेला बुटवलमा सम्पन्न
​प्रहरीलाई प्रदेशमा समायोजनको तयारी, समायोजनामा प्रहरीलाई के सुविधा ?
धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक
धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक
चैत २२ गते शनिबारको राशिफल यस्तो छ
चैत २२ गते शनिबारको राशिफल यस्तो छ
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्याहरु तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्याहरु तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
अहिलेसम्मकै सबैभन्दा महंगो चलचित्र बनाउँदै निर्देशक ढकाल
अहिलेसम्मकै सबैभन्दा महंगो चलचित्र बनाउँदै निर्देशक ढकाल