एक वर्ष म्याद काटेका मुद्दा उच्च अदालतमा हुने छैनन्ः प्रन्या

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २४, २०७४
|
|
२६ पटक हेरिएको
Shares
एक वर्ष म्याद काटेका मुद्दा उच्च अदालतमा हुने छैनन्ः प्रन्या

सारांश

  • पोखरा, २४ साउन ।
  • प्रधानन्यायाधीश गोपाल पराजुलीले छिटोछरितो न्याय सम्पादन आप्mनो पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।
  • आफ्नो सम्मानमा छोरेपाटनस्थित पर्यटकीय एवं धार्मिक क्षेत्र गुप्तेश्वर गुफा व्यवस्थापन समितिद्वारा आज आयोजित अभिनन्दनपछि उहाँले कुनै व्यक्ति तारेख लिनका लागि अदालत धाउनुपर्ने व्यवस्थाबाट न्यायालयलाई मुक्त गर्दै कागजी प्रयोग न्यूनीकरणका लागि पनि गृहकार्य भइरहेको बताउनुभयो उहाँले भन्नुभयो, “एक वर्ष म्याद काटेका मुद्दा अब कुनै पनि उच्च अदालतमा हुने छैनन् ”।

पोखरा, २४ साउन । प्रधानन्यायाधीश गोपाल पराजुलीले छिटोछरितो न्याय सम्पादन आप्mनो पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।

आफ्नो सम्मानमा छोरेपाटनस्थित पर्यटकीय एवं धार्मिक क्षेत्र गुप्तेश्वर गुफा व्यवस्थापन समितिद्वारा आज आयोजित अभिनन्दनपछि उहाँले कुनै व्यक्ति तारेख लिनका लागि अदालत धाउनुपर्ने व्यवस्थाबाट न्यायालयलाई मुक्त गर्दै कागजी प्रयोग न्यूनीकरणका लागि पनि गृहकार्य भइरहेको बताउनुभयो उहाँले भन्नुभयो, “एक वर्ष म्याद काटेका मुद्दा अब कुनै पनि उच्च अदालतमा हुने छैनन् ”।

सो अवसरमा प्रधानन्यायाधीश पराजुलीलाई गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले अभिनन्दनपत्रसहित दोसल्लाले सम्मान गर्नुभएको थियो । पोखरा लेखनाथ महानगरपालिका– १७ का अध्यक्ष तीर्थराज अधिकारीले धार्मिक एवं पर्यटकीय क्षेत्रको आम्दानीबाट शैक्षिक विकासमा टेवा पुगेको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?