एनआरएनए जापानका उम्मेदवारहरुले धाँधली भएको भन्दै नयाँ निर्वाचनको मिति तोक्न माग (विज्ञप्तिसहित )

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २१, २०७४
|
|
३४ पटक हेरिएको
Shares
एनआरएनए जापानका उम्मेदवारहरुले धाँधली भएको भन्दै नयाँ निर्वाचनको मिति तोक्न माग (विज्ञप्तिसहित )

सारांश

  • टोकियो ।
  •  गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ कार्यसमिति चयनका लागि यही ३ सेप्टेम्बरमा सम्पन्न भएको निर्वाचनको विश्वसनियता माथि प्रश्न उठाउँदै उम्मेदवारहरुले नै नयाँ निर्वाचनको मिति तोक्न माग गरेका छन् ।
  • मंगलवार २० उम्मेदवारहरुले संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचनको विधि र प्रक्रियामाथि प्रश्न उठाएका हुन् ।

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ कार्यसमिति चयनका लागि यही ३ सेप्टेम्बरमा सम्पन्न भएको निर्वाचनको विश्वसनियता माथि प्रश्न उठाउँदै उम्मेदवारहरुले नै नयाँ निर्वाचनको मिति तोक्न माग गरेका छन् ।

मंगलवार २० उम्मेदवारहरुले संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचनको विधि र प्रक्रियामाथि प्रश्न उठाएका हुन् । उपाध्यक्षदेखि सदस्यसम्मका प्राय सबै उम्मेदवारहरुले निर्वाचनको मत परिणाममाथि आशंका व्यक्त गरेका हुन् ।

उनीहरुले निर्वाचन समितिले जानी जानी प्रविधिको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् । निर्वाचन समितिले बनाएको निर्वाचन संहितामा एउटा आइपीबाट बढीमा पाँच मत हाल्न पाउने व्यवस्था गरिएको तर, समितिले एउटै आइपीबाट हालिएका सयौं मत सदर गरेको भन्दै समितिमाथि नै छानबिन गर्न माग गरेको छ ।

एनआरएनए जापानको कार्यसमितिमा उम्मेदवार रहेका जगतबहादुर खड्काको समेत अरुले नै मतदान गरि दिएको तथ्य प्रस्तुत गर्दै उम्मेदवारहरु विरोधमा उत्रिएका हुन् ।

निर्वाचन शिक्षाको अभाव, प्रविधिको दुरुपयोग लगायतका कारणले वास्तविक मतदाता चुनावको दिन अन्यौलपूर्ण अवस्थामा रहेको भन्दै उनीहरुले मतदाता स्वयं उपस्थित भएर मत हाल्ने गरि व्यवस्था मिलाउन माग गरेका छन् ।

उनीहरुले सयौं साधारण सदस्यहरुले समेत आफुले मतदान गर्न नपाएको भन्दै सामाजिक सञ्जालमा विरोध जनाइसकेको अवस्थालाई मध्यनजर गर्दै सम्पूर्ण निर्वाचन प्रक्रिया बदर भएको घोषणा गर्न माग गरेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शेष घले, महासचिव बद्री केसी, एसिया प्रशान्त क्षेत्रीय समितिका संयोजक किरणबिक्रम थापा, निर्वाचन समिति लगायतलाई बोधार्थ गराउँदै जारी गरिएको विज्ञप्तिमा उपाध्यक्ष पदका उम्मेदवारहरु द्रोण सिलवाल, छत्र दाहाल, जीवन न्यौपाने, सचिव पदका उम्मेदवार बाशुदेव लामिछाने, सदस्य पदका उम्मेदवार कुमार कार्की, उत्तमकुमार श्रेष्ठ, नरेशराज सापकोटाले हस्ताक्षर गरेका छन् ।

यस्तै सोमनाथ लम्साल, जगतबहादुर खड्का, दिनेश लोहनी, बिक्रम खत्री, डिल्लीराम शिवाकोटी, स्मृति आचार्य (गिता), डिला गैरे, दयाराम खरेल, सुरेश रेग्मी, राजु पनेरु, अस्मिता वाईवा, टिकाराम कँडेल र चेतराम गैरेले पनि हस्ताक्षर गरेका छन् ।

क्षेत्रीय समितिबाट समेत निर्वाचन प्रक्रियाको विरोधहरु बाहिरिन थालेका छन् ।

विज्ञप्ति जस्ताको त्यस्तै –

(exitonetaproom.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?