एनजिओको कार्यक्रम गर्न विद्यालय नै बन्द

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ४, २०७३
|
|
१०५ पटक हेरिएको
Shares

सारांश

  • रौतहटस्थित चन्द्रपुर नगरपलिको जनज्याति उच्च माध्यमिक विद्यालय बन्द गरी सोमबार एक गैरसरकारी संस्थाले खुला दिसामुक्त वडा घोषणा गरेको छ ।
  • चार दिनअघि पनि एक रक्सी कम्पनीको कार्यक्रमका लागि उक्त विद्यालय बन्द गरिएको थियो ।
  • आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

रौतहटस्थित चन्द्रपुर नगरपलिको जनज्याति उच्च माध्यमिक विद्यालय बन्द गरी सोमबार एक गैरसरकारी संस्थाले खुला दिसामुक्त वडा घोषणा गरेको छ ।

चार दिनअघि पनि एक रक्सी कम्पनीको कार्यक्रमका लागि उक्त विद्यालय बन्द गरिएको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
विद्यालय प्रशासनले पटपटक विद्यालय बन्द गर्न थालेपछि विद्यार्थी आक्रोशित भएका छन् ।

जनसेवा नेपाल माधोपुरले विद्यालयको मञ्च प्रयोग गरी पैसा बचाउने नियतले सोमबार विद्यालयमा कार्यक्रम गरेको जनाएको छ ।

संस्थाका भाग्य नारायण महतो बालबालिका शान्ति क्षेत्र अभियान रौतहटका सदस्य हुन् । विद्यालय प्रशासनले भने संस्थाले मञ्च मागेको तर नदिँदा रिसाउने भएकाले आफूहरु वाध्य भएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?