एमालेको सभामा उर्लिएको जनसागर देखेर विरोधीहरुको हार्टअट्याक नहोस्:नेपाल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १, २०७३
|
|
६३८ पटक हेरिएको
Shares
एमालेको सभामा उर्लिएको जनसागर देखेर विरोधीहरुको हार्टअट्याक नहोस्:नेपाल

सारांश

  • एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमालेको सभामा उर्लिएको जनसागर देखेर विरोधीहरुको हार्टअट्याक नहोस् भन्ने कामना गरेका छन् ।
  • हार्ट एट्याक भएको खण्डमा दोष एमालेलाई आउन सक्ने नेता नेपालले चिन्तासमेत व्यक्त गरेका छन् ।
  • नेता नेपालले भने, ‘एउटा स्थानमा भएको सभामा जनसागर उर्लिन्छ, अर्को स्थानमा त्योभन्दा ठूलो छाल आउँछ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमालेको सभामा उर्लिएको जनसागर देखेर विरोधीहरुको हार्टअट्याक नहोस् भन्ने कामना गरेका छन् । हार्ट एट्याक भएको खण्डमा दोष एमालेलाई आउन सक्ने नेता नेपालले चिन्तासमेत व्यक्त गरेका छन् ।

नेता नेपालले भने, ‘एउटा स्थानमा भएको सभामा जनसागर उर्लिन्छ, अर्को स्थानमा त्योभन्दा ठूलो छाल आउँछ । कुन सभा ठूलो भनेर नै आँकलन गर्न सकिरहेका छैनौं ।’

मेची-महाकाली अभियान अन्तरगत मंगलबार नेपालगञ्जमा आयोजित सभामा नेता भारतीय सुरक्षाकर्मीले नेपालको भूमिमा पसेर नेपालीको हत्या गरेको घटनाको तीव्र निन्दा गरे । यस घटनामा मधेसी मोर्चाका नेताहरुले भारतको पक्ष लिएको दोषारोपण गर्दै उनले भने, ‘उहाँहरु खुलेआम विदेशीको चाकडी गरिरहनुभएको छ । नेपाल र नेपालीको पक्षमा उभिने आँट उहाँहरुसँग छैन ।’

आफूहरुले अधिकार नपाएको भनेर जनविरोधी शक्तिहरुले भ्रम फैलाइरहेको नेता नेपालले दाबी गरे । उनले भने, ‘कागले कान लग्यो भन्ने सुनेर कागको पछि नलाग्नुस् । पहिले कान छान्नुस् ।’

नेता नेपालले मधेसी मोर्चाले देश टुक्र्याउन खोजिरहेको तथा मधेसी र पहाडीबीच विभाजन ल्याउन खोजेको आरोप लगाए । देशका अरु पार्टीलाई चुनाव जितेमा देशले सुख नपाउने भन्दै उनले एमालेलाई भोट दिन आह्वान गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविन्द्र अधिकारीलाई २४ बुँदामा पर्यटन व्यवसायीको यस्तो सुझाव
रविन्द्र अधिकारीलाई २४ बुँदामा पर्यटन व्यवसायीको यस्तो सुझाव
त्रिभुवन विश्वविद्यालय र चण्ढीगढ विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
त्रिभुवन विश्वविद्यालय र चण्ढीगढ विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
‘कसम हो कसम’ बोलको गीतले युटुबमा नयाँ रेकर्ड
‘कसम हो कसम’ बोलको गीतले युटुबमा नयाँ रेकर्ड
माओवादी शक्तिबीच एकीकरण प्रयास भइरहेको छ ः प्रवक्ता भुसाल
माओवादी शक्तिबीच एकीकरण प्रयास भइरहेको छ ः प्रवक्ता भुसाल
राज्यले गोबिन्दको वालवालिकालाई हेरेन भने पढाउने जिम्मा हामी लिन्छौं:खड्का
राज्यले गोबिन्दको वालवालिकालाई हेरेन भने पढाउने जिम्मा हामी लिन्छौं:खड्का
बजेट विनियोजन गर्दा सांसदलाई विभेद नगर्न सरकारलाई निर्देशन
बजेट विनियोजन गर्दा सांसदलाई विभेद नगर्न सरकारलाई निर्देशन
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस
सूचना लुकाउनु अपराध : उपराष्ट्रपति
सूचना लुकाउनु अपराध : उपराष्ट्रपति
प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय गठन गर्ने
प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय गठन गर्ने
संसदिय सुनुवाइ समितीकाे बैठक जारी रहेकै बेला कांग्रेसले बाेलायाे सदीय दलको बैठक
संसदिय सुनुवाइ समितीकाे बैठक जारी रहेकै बेला कांग्रेसले बाेलायाे सदीय दलको बैठक