एमालेलाई सफलता ःअध्यक्ष ओली

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३, २०७४
|
|
१४२ पटक हेरिएको
Shares
एमालेलाई सफलता ःअध्यक्ष ओली

सारांश

  • काठमाडौँ, ३ जेठ ।
  • नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमाथि चौतर्फी घेराबन्दी भए पनि स्थानीय तहको निर्वाचनमा सफलता हासिल गरेको बताउनुभएको छ ।
  • चौबिसौँ मदन–आश्रित स्मृति दिवसका अवसरमा सो पार्टीको पुरानो कार्यालय मदननगर, बल्खुमा आयोजित कार्यक्रममा उहाँले मुलुकको विकास र समृद्धिका लागि पार्टीले अवलम्बन गरेका नीति तथा विचारले दोस्रो चरणको निर्वाचनमा पनि पार्टीले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँ, ३ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमाथि चौतर्फी घेराबन्दी भए पनि स्थानीय तहको निर्वाचनमा सफलता हासिल गरेको बताउनुभएको छ ।

चौबिसौँ मदन–आश्रित स्मृति दिवसका अवसरमा सो पार्टीको पुरानो कार्यालय मदननगर, बल्खुमा आयोजित कार्यक्रममा उहाँले मुलुकको विकास र समृद्धिका लागि पार्टीले अवलम्बन गरेका नीति तथा विचारले दोस्रो चरणको निर्वाचनमा पनि पार्टीले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले सत्ता गठबन्धनले निर्वाचनमा धाँधली, गुण्डागर्दी र एमालेमाथि घेराबन्दी लगाएको आरोप लगाउँदै भन्नुभयो–“एमालेलाई चुनाव जित्नका लागि होइन, देश बनाउन बहुमत चाहिएको छ ।”

मदन–आश्रितको हत्याले देशको बामपन्थी आन्दोलनमा क्षति पुगेको र मुलुकले लोकतान्त्रिक विकासक्रममा गति लिन नसकेकाले राजनीतिक अस्थिरता र अन्योलता बढेको उल्लेख गर्दै उहाँले पार्टीका तत्कालीन महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादका आधारमा पार्टीले अहिले सफलता प्राप्त गरेको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो – “कोही मानिस जीवित रहँदा पनि समाजका लागि केही योगदान गर्न सक्दैनन, मदन–आश्रितले जीवनपछि पनि समाजलाई मार्ग निर्देश गरिरहेका छन्,”

यसअघि मदननगर बल्खुमा अध्यक्ष ओलीलगायत नेता, कार्यकर्ता तथा परिवारका सदस्यले मदन–आश्रितको तस्बीरमा माल्यार्पण गरेका थिए भने विसं २०४८ मा भएको आम चुनावका क्रममा देशका विभिन्न स्थानमा तत्कालीन महासचिव भण्डारीले गरेका महत्वपूर्ण भाषणको श्रव्य सुनाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?