एमाले–माओवादी एकता: वैशाख ९ को सम्भावना टर्‍यो, दुई अध्यक्षलाई जिम्मा

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ५, २०७५
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • पूर्वनिर्धारित ९ वैशाखमा एमाले–माओवादी एकता घोषणा नहुने भएको छ ।
  • मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले विवादित विषयमा कुनै प्रगति गर्न नसकेपछि एकता प्रक्रिया लम्बिएको हो ।
  • बैठकले विवादका विषय टुंग्याउने जिम्मा दुई अध्यक्ष केपी ओली र प्रचण्डलाई दिएको छ ।

पूर्वनिर्धारित ९ वैशाखमा एमाले–माओवादी एकता घोषणा नहुने भएको छ । मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले विवादित विषयमा कुनै प्रगति गर्न नसकेपछि एकता प्रक्रिया लम्बिएको हो ।

बैठकले विवादका विषय टुंग्याउने जिम्मा दुई अध्यक्ष केपी ओली र प्रचण्डलाई दिएको छ । यसअघि २२ चैतमा बसेको एकता संयोजन समिति बैठकले ९ वैशाखमा पार्टी एकता घोषणासभा गर्ने निर्णय गरेको थियो । दुई अध्यक्ष बसेर सहमति निकालेपछि समितिको अर्को बैठक बसेर एकता घोषणा मिति सार्वजनिक गरिने बैठकपछि नेताहरूले बताए ।

प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किएपछि बैठक बसेर विवादित विषय टुंग्याउने भने पनि पटक–पटक बैठक स्थगित हुँदै आए । दुवै अध्यक्ष कार्य व्यस्तता देखाउँदै अन्य कार्यक्रमहरूमा सक्रिय हुँदा बैठक बस्न सकेको थिएन । २२ चैतपछि पहिलोपटक मंगलबार बैठक बसेको हो ।

एमाले माओवादी सम्मिलित दुवै कार्यदलले सहमति जुट्न बाँकी तीन विषयलाई थाती राखेर प्रतिवेदन एकता संयोजन समितिलाई बुझाएका थिए । तर, समितिले पनि एकीकृत पार्टीको दस्तावेजमा ‘जनयुद्ध’ लेख्ने वा नलेख्ने, नयाँ पार्टीको चुनाव चिह्न के राख्ने र सांगठनिक संरचनामा कुन पार्टीको सहभागिता कति रहने भन्ने विषय टुंग्याउन सकेको छैन ।

यद्यपि चुनाव चिह्न र प्रस्तावनामा जनयुद्ध शब्द लेख्ने वा नलेख्ने विषयमा खासै विवाद नभएको बैठकमा सहभागी एक नेताले बताए । तर, सांगठनिक रूपमा कुन पार्टीको कति प्रतिनिधित्व हुने विषयमा दुवै पार्टीले मुख्य मुद्दा बनाएको ती नेताले बताए । माओवादीले ५०–५० प्रतिशतलाई आधार मान्नुपर्ने बताउँदै आएको छ भने एमालेले निर्वाचनमा पाएको जनमतका आधारमा एकता गर्नुपर्ने तर्क गरेको छ ।

सहमति गर्न दुई अध्यक्षलाई जिम्मा : ईश्वर पोखरेल
पार्टी एकता गर्ने विषयमा कुनै विवाद छैन । दुवै कार्यदलले दिएका सुझावका आधारमा मिलाउनुपर्ने विषयमा सहमति गर्न दुवै अध्यक्षलाई जिम्मा दिएका छौँ । अनुकूल समयमा दुवै अध्यक्षले पार्टी एकतासम्बन्धी महत्वपूर्ण निर्णय गर्नुहुनेछ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्रीको कार्यालय र एक-एक मन्त्रालयमा खटाएका सचिवहरु को-को हुन्  ?
मुख्यमन्त्रीको कार्यालय र एक-एक मन्त्रालयमा खटाएका सचिवहरु को-को हुन् ?
यती कार्पेटको आगलागीः केडियाको २५ वर्षको लगानी, एकै झिल्कोमा खरानी
यती कार्पेटको आगलागीः केडियाको २५ वर्षको लगानी, एकै झिल्कोमा खरानी
नेपाल–भारत जनस्तरको सम्बन्ध राज्यस्तरमा प्रतिविम्बन हुनुपर्छः परराष्ट्रमन्त्री
नेपाल–भारत जनस्तरको सम्बन्ध राज्यस्तरमा प्रतिविम्बन हुनुपर्छः परराष्ट्रमन्त्री
सामुदायिक विद्युत् केन्द्रबाट समुदायलाई सुविधा
नेपाल बंगलादेशसँग ३–० ले पराजित,सेमिफाइनलमा भारतको सामना गर्ने
नेपाल बंगलादेशसँग ३–० ले पराजित,सेमिफाइनलमा भारतको सामना गर्ने
हत्या भएको १ महिनापछि मात्रै अनुसन्धान शुरु
हत्या भएको १ महिनापछि मात्रै अनुसन्धान शुरु
भौगोलिक जोखिममा रहेका मानव बस्तीको व्यवस्थापन गरिने – मुख्यमन्त्री राई
भौगोलिक जोखिममा रहेका मानव बस्तीको व्यवस्थापन गरिने – मुख्यमन्त्री राई
लक्ष्मी प्रसाद पौडेल  अन्नपूर्ण मिडिया नेटवर्कका प्रबन्ध निर्देशक  नियुक्त  !
लक्ष्मी प्रसाद पौडेल अन्नपूर्ण मिडिया नेटवर्कका प्रबन्ध निर्देशक नियुक्त !
तोडियो भारतीय एकाधिकार,चीनको इन्टरनेट सञ्जालमा जोडियो नेपाल!
तोडियो भारतीय एकाधिकार,चीनको इन्टरनेट सञ्जालमा जोडियो नेपाल!
अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी पहिलोपटक नेपालमा सुरु
अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी पहिलोपटक नेपालमा सुरु

तपाईंले छुटाउनुभयो कि?