ओमानमा दश महिनाको अवधिमा ६० नेपालीको उद्धार, २ अझै जेलमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ८, २०७४
|
|
२७ पटक हेरिएको
Shares
ओमानमा दश महिनाको अवधिमा ६० नेपालीको उद्धार, २ अझै जेलमा

सारांश

  • दीपक रम्तेल ओमान, ८ चैत ।
  • ओमानमा पछिल्लो दश महिनाको अवधिमा ६० नेपालीको उद्धार गरिएको छ ।
  • ओमानस्थित नेपाली राजदूतावासका अनुसार २ जना नेपाली अझै जेलमा छन् भने ६ जनाको मृत्यु भएको छ ।

दीपक रम्तेल

ओमान, ८ चैत । ओमानमा पछिल्लो दश महिनाको अवधिमा ६० नेपालीको उद्धार गरिएको छ । ओमानस्थित नेपाली राजदूतावासका अनुसार २ जना नेपाली अझै जेलमा छन् भने ६ जनाको मृत्यु भएको छ । त्यस्तै, ओमानका अस्पतालहरुमा ४ जनाले उपचार गराइरहेका छन् ।

नेपाली राजदूतावासले ओमानस्थित नेपाली संघसंस्थाहरु तथा पत्रकारहरुको माझ विगत १० महिनामा गरेका कामहरुबारे जानकारी गराएको हो । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल तथा गैरआवासीय नेपाली संघका सचिव डीबी क्षेत्रीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

दूतावासका तृतीय सचिव लालबहादुर अर्यालले विगत १० महिनाको अवधिमा महिला र पुरुष गरी ६० जना नेपालीको उद्धार गरिएको जानकारी गराएका हुन् । तृतीय सचिव अर्यालका अनुसार हाल जेलमा २ जना छन् भने यो अवधिमा ६ जनाको मृत्यु भएको छ । त्यस्तै, ४ जना नेपालीहरुले ओमानका विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका छन् ।

त्यसपछि केही नेपाली संघसंस्थाहरुका प्रतिनिधिहरुले नेपाली दूतावासका विविध कार्यहरुको प्रशंसा गरेका थिए । सहभागी उमा आचार्य तथा अनिता तामाङले खाडी मुलुकबाट छुट्टीमा घर जाने महिला घरेलु कामदारहरुलाई आउन नदिएको व्यवस्था दोषपूर्ण रहेको र सो व्यवस्था हटाउन दूतावासले पहल गरिदिनको लागि अनुरोध गरेका थिए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Minbahadur Shapkota

    उद्दार उद्दार गरौ

    Comment Author

    Gobinda Neupane

    भो भो भो यो राजदुत भनाउदी कुकुर्निको त कुरै नगर।यो म्यानपावर चलाउन गएकी हो त्यहाँ।अनि परराष्ट मन्त्रालय मा करोडौं करोड मागेर आफ्नो पोइ लाई महल बनाउन लागेकी कुकुर्नी हो यो यिनै गरिब नेपाली को रगतपसिना चुस्ने नै त हो।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिबन्धहरु हटाउन अमेरिका समक्ष इरानको आग्रह
प्रतिबन्धहरु हटाउन अमेरिका समक्ष इरानको आग्रह
सांसद त्रिपाठी मन्त्री अधिकारीको पक्षमा, प्रतिवेदन ‘डस्टबिन’ मा फाल्ने !
सांसद त्रिपाठी मन्त्री अधिकारीको पक्षमा, प्रतिवेदन ‘डस्टबिन’ मा फाल्ने !
मण्डनदेउपुरको दनुवार वस्तीमा डिपबोरिङ
मण्डनदेउपुरको दनुवार वस्तीमा डिपबोरिङ
चन्द्रागिरी हिल्सको शेयर बाँडफाँड, १० लाखको हात खाली
चन्द्रागिरी हिल्सको शेयर बाँडफाँड, १० लाखको हात खाली
पार्टी एकता र सरकार गठनबारे ओली र प्रचण्डको मत बाझियो, “ओली चाहन्छन्, पहिला सरकार गठन, प्रचण्ड भन्छन्, दुवै एकसाथ गरौँ”
पार्टी एकता र सरकार गठनबारे ओली र प्रचण्डको मत बाझियो, “ओली चाहन्छन्, पहिला सरकार गठन, प्रचण्ड भन्छन्, दुवै एकसाथ गरौँ”
चर्चित गायिका मन्जु पौडेल र सन्तु  थापा को स्वर  नाइनाइ भन्छ मायाले  (भिडियो सहित) हेर्नुहोस्.
चर्चित गायिका मन्जु पौडेल र सन्तु थापा को स्वर नाइनाइ भन्छ मायाले (भिडियो सहित) हेर्नुहोस्.
युद्ध अन्त्य नभएसम्म थप बन्धक रिहा नगर्ने हमासको भनाइ, नेपालका विपिन जोशीको अवस्था ‘अझै अज्ञात’
युद्ध अन्त्य नभएसम्म थप बन्धक रिहा नगर्ने हमासको भनाइ, नेपालका विपिन जोशीको अवस्था ‘अझै अज्ञात’
इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको सहज जित
इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको सहज जित
कांग्रेसको महासमिति तयारी
कांग्रेसको महासमिति तयारी
प्रचण्ड र ओली भेटवार्ता अाज हुने
प्रचण्ड र ओली भेटवार्ता अाज हुने

तपाईंले छुटाउनुभयो कि?