औद्योगिक बिकासको लागि स्वदेशमै रोजगारको वातावरण सिर्जना गर्नुपर्छः मन्त्री जोशी

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १०, २०७३
|
|
११३ पटक हेरिएको
Shares

सारांश

  • उद्योग मन्त्री नवीन्द्रराज जोशीले औद्योगिक विकासको लागि स्वदेशमै रोजगारको वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ।
  • चितवन उद्योग संघको १७ औं साधारण सभामा बोल्दै उहांँले सो कुरा बताउनुभएको हो।
  • मन्त्री जोशीले विदेशीएका दक्ष युवा शक्ति लाई स्वदेशकै उद्योगमा रोजगारी दिनसके बैदेशिक रोजगारबाट अहिले प्राप्त भएको रेमिट्यान्स भन्दा चार गुणा आर्थिक उपलब्धी हासिल हुने बताउनु भएको छ ।

उद्योग मन्त्री नवीन्द्रराज जोशीले औद्योगिक विकासको लागि स्वदेशमै रोजगारको वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ। चितवन उद्योग संघको १७ औं साधारण सभामा बोल्दै उहांँले सो कुरा बताउनुभएको हो। मन्त्री जोशीले विदेशीएका दक्ष युवा शक्ति लाई स्वदेशकै उद्योगमा रोजगारी दिनसके बैदेशिक रोजगारबाट अहिले प्राप्त भएको रेमिट्यान्स भन्दा चार गुणा आर्थिक उपलब्धी हासिल हुने बताउनु भएको छ । नेपालमा अहिले औद्योगिक नीति वनिसकेको र औद्योगिक विकास ऐन पास भइसकेकोले उद्योग खोल्नको लागि सहज वातावरण सिर्जना भइसकेको जिकिर गर्नुभयो। उहाँंले जनतालाई सम्पन्न बनाउनको लागि आर्थिक रुपमा अगाडी बढ्नुपर्ने औंल्याउनु भयो। हाल नेपालमा साना उद्योग २२ लाख रहेको र लघुउद्योग १ लाख भन्दा बढी दर्ता भइसकेकाले रोजगारीको समेत सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो। देशमा औद्यागिक विकासका लागि मजदुर र मालिकको सम्बन्ध, पानी र माछाको सम्बन्ध जस्तै हुनुपर्नेमा जोड दिनुभयो।

 

सुर्य प्रसाद अधिकारी
शिखरन्युज्, सम्पादाता

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?