कर्णाली प्रदेशका पत्रकारहरुले लत्याए केन्द्रको निर्णय, अध्यक्षमा तीनजना
सारांश
- काठमाडौं, ९ बैशाख ।
- कर्णालीका पत्रकारहरुले आफ्ना ३ सञ्चार संगठनहरुको केन्द्रको निर्णय लत्याएका छन् ।
- प्रेस चौतारी, प्रेस सेन्टर र प्रेस युनियनले भागबण्डा गरेको भएतापनि महिला उपाध्यक्ष र समावेशी सचिवबाहेक सबै पदाधिकारीहरुमा दुईभन्दा बढीको उम्मेदवारी परेको छ ।
काठमाडौं, ९ बैशाख । कर्णालीका पत्रकारहरुले आफ्ना ३ सञ्चार संगठनहरुको केन्द्रको निर्णय लत्याएका छन् । प्रेस चौतारी, प्रेस सेन्टर र प्रेस युनियनले भागबण्डा गरेको भएतापनि महिला उपाध्यक्ष र समावेशी सचिवबाहेक सबै पदाधिकारीहरुमा दुईभन्दा बढीको उम्मेदवारी परेको छ ।
अध्यक्षमा चौतारीका दुर्गा थापा र विष्णु शर्मा, प्रेस सेन्टरबाट टेकबहादुर ओलीले उम्मेदवारी दर्ता गरेका छन् । उपाध्यक्षमा युनियनका कमल पन्त र सेन्टरका धर्मराज जीसीले उम्मेदवारी दर्ता गरेका छन् । समावेशी उपाध्यक्षमा भने सेन्टरकी डम्मरकुमारी आचार्य निर्विरोध भएकी छन् ।
महासचिवमा सेन्टरका दीपेन्द्र शर्मा र युनियनका सुशील शर्माको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा सुरेन्द्र खत्री र लोकेन्द्र पौडेलको उम्मेदवारी छ । सचिवमा दीपक बुढा, प्रकाश उपाध्याय, यत्रराज थापा र पवित्र शाहीको उम्मेदवारी परेको छ । समावेशी सचिवमा भने सेन्टरका गणेशकुमार सिर्पाली निर्विरोध भएका छन् ।
प्रेस चौतारीले सहमतिविपरीत उम्मेदवारी दर्ता गरेपछि सेन्टर र युनियनले उम्मेदवारी दर्ता गरेको बताएका छन् । कर्णाली प्रदेशमा चौतारीलाई अध्यक्ष दिने सहमतिअनुसार दुर्गा थापाले उम्मेदवारी दर्ता गराएका थिए । तर, उनको विरूद्ध चौतारीकै विष्णु शर्माले उम्मेदवारी दिएपछि सहमति भाँडिएको हो ।
प्रतिक्रिया