कस्ले जित्ला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २८, २०७५
|
|
३९ पटक हेरिएको
Shares
कस्ले जित्ला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि ?

सारांश

  • काठमाडौं, २८ जेठ ।
  •   राजधानीमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त हुँदैछ।
  • फाइनल खेलमा नेपाल आर्मी क्लबले शसस्त्र प्रहरी बल (एपिएफ) लाई २ सय १० रनको लक्ष्य दिएको छ।

काठमाडौं, २८ जेठ ।  राजधानीमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त हुँदैछ।

फाइनल खेलमा नेपाल आर्मी क्लबले शसस्त्र प्रहरी बल (एपिएफ) लाई २ सय १० रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ९ रन जोड्यो।

आर्मीको पालीमा भीम सार्कीले ४५, कप्तान विनोद भन्डारीले ३५, सोमपाल कामीले ३६ , राजेश पुलामी मगरले २७, नरेश बुढाएरले २० र अनिल मन्डलले १९ रन बनाए। सागर पुन पाँच र राजु रिजाल ६ रन बनाएर आउट भए।

भीम सार्की र राजेश पुलामी मगरबीच पाँचौं विकेटका लागि ६८ रनको साझेदारी भयो। सोमपाल र विनोदबीच सातौं विकेटका लागि ६७ रनको साझेदारी भयो।

एपिएफका बलर करन केसीले तीन तथा भुवन कार्की र बसन्त रेग्मीले दुई दुई विकेट लिए। पवन सर्राफले एक विकेट हात पारे। प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ प्राप्त गर्ने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीशको बचाऊ गर्दै डा. केसीलाई अनसन तोड्न आग्रह
प्रधानन्यायाधीशको बचाऊ गर्दै डा. केसीलाई अनसन तोड्न आग्रह
प्रधानमन्त्री ओलीले मागे शेयर, सबैलाई आह्वान
प्रधानमन्त्री ओलीले मागे शेयर, सबैलाई आह्वान
आन्तरिक पर्यटकले ढोरपाटनका होटल भरिभराउ
आन्तरिक पर्यटकले ढोरपाटनका होटल भरिभराउ
‘लव ब्वाई’ प्रदिप पहिलो पटक थ्रिलरमा, यस्तो छ ‘रोज’ को ट्रेलर !(भिडियाे सहित)
‘लव ब्वाई’ प्रदिप पहिलो पटक थ्रिलरमा, यस्तो छ ‘रोज’ को ट्रेलर !(भिडियाे सहित)
फिल्म गुरुको शूटिंगबाट प्रेम अंकुराएको थियो ऐश्वर्या र अभिषेकबीच
फिल्म गुरुको शूटिंगबाट प्रेम अंकुराएको थियो ऐश्वर्या र अभिषेकबीच
सभामुखबारे अनिर्णीत हुँदा प्रतिनिधिसभा सत्तापक्षको बन्धक
सभामुखबारे अनिर्णीत हुँदा प्रतिनिधिसभा सत्तापक्षको बन्धक
महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय
महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय
नेपाल आए भारतीय राजदूत श्रीवास्तव
नेपाल आए भारतीय राजदूत श्रीवास्तव
१४ किलो सुन प्रकरण : भन्सारका कर्मचारीमाथि अख्तियारले थप छानबिन गर्दै
१४ किलो सुन प्रकरण : भन्सारका कर्मचारीमाथि अख्तियारले थप छानबिन गर्दै
मदन भण्डारीको हत्यारा को हो ? दुर्घटना अघि सँगै रहेका कट्टेलको यस्तो खुलासा
मदन भण्डारीको हत्यारा को हो ? दुर्घटना अघि सँगै रहेका कट्टेलको यस्तो खुलासा