कहिले टाउकाको मोल तोक्ने काहिले छोरी बोक्ने – केपी ओली

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २७, २०७४
|
|
४०१४ पटक हेरिएको
Shares
कहिले टाउकाको मोल तोक्ने काहिले छोरी बोक्ने – केपी ओली

सारांश

  • काठमाडौ ।
  • प्रमुख प्रतिपक्षदल एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुस्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एउटै जुवाममा नारिएर चितवन झरेपछि उनीहरुले जोत्ने खेत एउटै रहेछ भनेर जनताले देख्ने बताएका छन।
  • आज राजधानीमा आयोजित सो पार्टीको प्रचार भेलालाई संबोधन गर्दै उनले यस्तो बताएका हुन ।

काठमाडौ । प्रमुख प्रतिपक्षदल एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुस्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एउटै जुवाममा नारिएर चितवन झरेपछि उनीहरुले जोत्ने खेत एउटै रहेछ भनेर जनताले देख्ने बताएका छन।

आज राजधानीमा आयोजित सो पार्टीको प्रचार भेलालाई संबोधन गर्दै उनले यस्तो बताएका हुन । ‘जुवा जोसुकैले नारि दिएको होस, एउटैमा नारिएर चितवन झरेपछि जनताले थाहा पाउछन् , यीनीहरु फरक होईनन् यीनले जोत्ने खेत पनि एउटै हो यीनले गर्ने मेलो पनि एउटे हो’ओलीले भने।

कहिले टाउकाको मोल तोक्ने काहिले छोरी बोक्ने

स्थानीय तहमा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच भएको तालमेल प्रति ओलीले कडा टिप्पणी गरे । प्रचण्ड पुत्री रेणु दाहाल भरतपुरमा माओवादी केन्द्रको तर्फबाट मेयरको उम्मेदवार छन। उनको उम्मेदवारीलाई कांग्रुेस सभापति शेरबहादुर देउवाले समर्थन गरेका छन। माओवादी शसस्त्र युद्धमा जाँंदा देउवा प्रधानमन्त्री थिए। त्यसबेला सरकारको तर्फबाट शसस्त्र युद्धको प्रतिकार गर्न देउवाले प्रचण्ड लगायतका माओवादीका शिर्ष नेताको टाउकाको मुल्य तोकेका थिए।

तर अहिले चितवनमा प्रचण्ड देउवको तालमेल लाई ब्यंग गर्दै ओलीले भने ‘ कहिले टाउकाको मोल तोक्ने काहिले छोरी बोक्ने’। ओलीले नेताहरुबबीच तालमेल भएपनि नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरुले माओवादीलाई भोट नदिने ठोकुवा गरे। ‘बाँंदर मुढे घटना चितवनवासीले बिर्सेको छैन, कब्जा गरिएका जग्गा र गाडि अझै फिर्ता पाएको छैन, अनि उनीहरुले माओवादीलाई खुरुक्क भोट हाल्छन’ ओलीले प्रश्न गरे ।

भरतसगँं घुँंडा टेक्दा टेक्दा छाला खुईलियो

ओलीले कांग्रेस र माओवादीलाई कुनै देशको नामै नलिई भारतसग घुँंडा टेके र त्यसको छाला नै खुइिलिएको समेत आरोप लगाए। एमाले पैताला टेकेर स्वभिमान साथ देशमा उभिएको छ। उहाँहरुको घुडाँंको छाला अलिकति पनि बाँकी छैन। त्यो टेक्दा टेक्दा सकिएको छ ।

सभामुखको भुमिका शंकास्पद

संसदमा प्रमुख प्रतिपक्षदलका नेता समेत रहेका ओलीले सभामुखको भुमिका प्रति पनि शंका प्रकट गरे। ‘ पहिला संसदमा एक जना उठ्दा पनि चल्दैनथ्यो , तर त्यत्रो प्रतिपक्ष उठ्दा पनि त्याँहा के के पो पढियो? अझ हामी उठ्दा सभामुखले किन उठ्न् भएको भनेर सोध्नु त परै जवास बस्नु्स माननीय सदस्यहरु समेत भन्नुभएन’ उनले भने ।

महान्यधिवक्ता भुलचुकले त्यहाँंपुगे

ओलीले यसै सन्दर्भमा महान्याधिवक्ता रमण श्रेष्ठले पदको गरिमा कायम गर्न नसकेको भन्दै आलोचना गरे। उहाँहरु भूलचुकले त्यो सबैधानिक निकायमा पुग्नु भयो, त्यसैले आफ्नो सेटिङ अनुसारको बेन्च भएन भने बाहिष्कार गर्नुहुन्छ’ उनले भने। ओलीले भने ‘सभामुख संसद बाहिर आएर पत्रकारसंग उभिएर सबेको आ आफ्नो सिमा हुन्छ भन्नु हुन्छ, महान्यधिवक्ताले अदालत बाहिष्कार गर्नु चाहि कुन सिमा पर्यो ?’

प्रहरीको भुमिका मािथ शंका, देशलाई आतंकको छायाँं मुनि लान खोजियो

अध्यक्ष ओलीले सत्ता पक्षका नेताहरुको नेतृत्वमा नै आफ्ना पार्टीका कार्यकर्ता माथि आक्रमण भएको भन्दै देशलाई आतंंकको छाँंय मुनि लान खोजिएको बताए। ‘ काठमाडौ देखि गुण्डा लगेर सरकार पक्षका नेताहरुको नेतृत्वमा दोलाखामा एमाले कार्यकर्ताको हत्या गर्ने काम भएको छ, आपराधी पक्रनु छैन’ ओलीले भने। ओलीले घटनामा संलग्न अपराधीलाई समाउदा पनि प्रहरीले छाडिदिएको भन्दै उनीहरुको भुमिका प्रति प्रश्न गरे। ‘सो घटनामा प्रहरीले निष्पक्ष भूमिका निर्वाह गरेको छैन, अपराधीलाई छाडिदिएको छन, यस्तको हातको सत्ताले देश कता जाला ?’ ओलीले प्रश्न गरे।

गत बर्ष रेलको कुरा गर्दा मजाक, अहिले अनिवार्य

अध्यक्ष ओलीले आफुले नेपालमा रेल ल्याउन देखाएको तत्परातालाई बिपक्षीहरुले गत बर्ष मजाका उडाएकोमा अहिले सबैले अनिवार्य आवश्यकता महसुस गरेको बताए। ‘गत बर्ष हामीले रेलको कुरा गर्दा खेलौना रेल ल्याएरु म्जाका उडाउने काम भएको थियो। अहिले त सबैले भाषण र घोषणपत्रमा अनिवार्य आवश्यकता पो भनेछन्’ ओलीले भने।

अव तुईनको फोटो खिचेर राख्नुस , छोरा नातीलाई देखाउन काम लाग्छ

एमाले अध्यक्ष ओलीले आफु प्रधानमन्त्री हुदा तुईन बिस्थापित गर्ने घोषणा गरेको अव त्यो आन्तिम चरणमा पुगेको बताए। ‘ अव सबैका हात हातमा क्यमरा भएको मोवाईल छ, तुईनको फोटो खिचेर राख्नु होला , छोरा नातीलाई यस्तो जमाना पनि थियो भनेर देखाउन मिल्छ, एमालेले यस्तो जमानाको अन्त्य गरयो भनेर ।

एमालेलाई भोट दिनु नपर्ने कारण लाईभ प्रसारणमा पेश गर्न आग्रह

अध्यक्ष ओलीले जतिसुकै तर्क शास्त्री र ठुलो बिद्धवान तथा राजनीतिक दलका मै हु भन्ने नेतालाई एमालेलाई भोट दिनु नपर्ने तर्क पेश गर्न समेत आग्रह गरे। ‘ संसारमा सबै भन्दा ठुलो र तर्कपूर्ण मानिएको बिद्धान ल्याउनुस वा राजनीतिक दलका नेता हामी टिभी र एफम फेसबुक र स्काइप बाटल लाईभ गरेर एमालेलाई भोट नदिनु पर्ने कारण पेश गर्न आग्रह गर्छौ ’ आोलीेले भने, ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिको कदमविरुद्ध जसपाले घोषणा गर्‍यो आन्दोलन
राष्ट्रपतिको कदमविरुद्ध जसपाले घोषणा गर्‍यो आन्दोलन
बहस : प्रदेश ३ को राजधानी कहाँ ?
बहस : प्रदेश ३ को राजधानी कहाँ ?
शौचालयमा लुकाउन लागेको अवस्थामा दुई किलो सुनसहित दुई अभियुक्त पक्राउ …
शौचालयमा लुकाउन लागेको अवस्थामा दुई किलो सुनसहित दुई अभियुक्त पक्राउ …
राष्ट्रिय युवा संघको इञ्चार्जमा महेश बस्नेत, दिपशिखा सह-इञ्चार्ज
राष्ट्रिय युवा संघको इञ्चार्जमा महेश बस्नेत, दिपशिखा सह-इञ्चार्ज
ओलीलाई प्रचण्डको चेतावनी; ‘तपाईँहरुले के के गर्न सक्ने हो गरे हुन्छ, हामी अन्तिम समयसम्म लड्छौं’
ओलीलाई प्रचण्डको चेतावनी; ‘तपाईँहरुले के के गर्न सक्ने हो गरे हुन्छ, हामी अन्तिम समयसम्म लड्छौं’
नेकपा सांसदलाई छलफलमा किन रोक लगाइयो ?
नेकपा सांसदलाई छलफलमा किन रोक लगाइयो ?
दसैँमा पचास हजार खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी
दसैँमा पचास हजार खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी
नेपालमा टेलिफोन गर्दा लाग्ने महसुल दर घटाउन सञ्चारमन्त्रीको भारत सरकारसँग आग्रह
नेपालमा टेलिफोन गर्दा लाग्ने महसुल दर घटाउन सञ्चारमन्त्रीको भारत सरकारसँग आग्रह
​पदाधिकारी चयनमा कांग्रेस संस्थापन पक्ष नै विभाजित, देउवा एक्लिदैँ
​पदाधिकारी चयनमा कांग्रेस संस्थापन पक्ष नै विभाजित, देउवा एक्लिदैँ
सुनको मूल्यमा गिरावट