कांग्रेसको संशोधित विधान महासमितिका पेश हुँदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ७, २०७५
|
|
२५ पटक हेरिएको
Shares
कांग्रेसको संशोधित विधान महासमितिका पेश हुँदै

सारांश

  • काठमाडौं, ७ पुस ।
  • नेपाली कांग्रेसको संशोधित विधान आज महासमिति बैठकमा पेश हुँदैछ ।
  • हिजो भएको केन्द्रीय कार्यसमितिको अनौपचारिक छलफलले १४ पदाधिकारी रहने गरी विधानमा प्रस्ताव गरेको छ ।

काठमाडौं, ७ पुस । नेपाली कांग्रेसको संशोधित विधान आज महासमिति बैठकमा पेश हुँदैछ । हिजो भएको केन्द्रीय कार्यसमितिको अनौपचारिक छलफलले १४ पदाधिकारी रहने गरी विधानमा प्रस्ताव गरेको छ । लामो रस्साकस्सीपछि सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले विधानलाई अन्तिम रुप दिने प्रयास गरेका छन् ।

कांग्रेसको संशोधित विधान अनुसार सभापति, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ८, कोषाध्यक्ष र प्रवक्ता गरी १५ जनाको केन्द्रीय पदाधिकारी रहने नेता एनपी साउँदले जानकारी दिए । प्रवक्तालाई कार्यसमितिले मनोनित गर्नेछ, भने विधानको पछिल्लो संशोधनमा कोषाध्यक्षलाई निर्वाचित केन्द्रीय सदस्य मध्येबाट सभापतिले केन्द्रीय समितिमा सिफारिस गर्नेछ । अन्य पदाधिकारी महाधिवेशनबाट निर्वा्चित सदस्यहरुको मतबाट चयन हुने प्रावधान राखिएको छ । ।

महासमिति बैठक आज पुनः ११ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ । विधानमा आजै सहमति टुंगिए महासमितिपनि सकिने केन्द्रीय सदस्य साउँदले जानकारी दिए । सहमति नजुटे बैठक भोलिसम्म चल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?