कांग्रेसभित्र ठाउँ नपाउँदा फोरमका कार्यकर्ता असन्तुष्ट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ४, २०७५
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • लोकतान्त्रिक फोरम कांग्रेसमा गाभिएको ६ महिना बितिसक्यो ।
  • तर, फोरमबाट आएका नेता–कार्यकर्ता कांग्रेसमा भूमिकाविहीन छन् ।
  • केन्द्रदेखि स्थानीयस्तरका समितिमा स्थान नपाएपछि उनीहरूले असन्तुष्टि पोख्न थालेका छन् ।

लोकतान्त्रिक फोरम कांग्रेसमा गाभिएको ६ महिना बितिसक्यो । तर, फोरमबाट आएका नेता–कार्यकर्ता कांग्रेसमा भूमिकाविहीन छन् । केन्द्रदेखि स्थानीयस्तरका समितिमा स्थान नपाएपछि उनीहरूले असन्तुष्टि पोख्न थालेका छन् । कतिपय स्थानीय नेता अन्य दलमा प्रवेशसमेत गर्न थालेका छन् ।

दुई पार्टी एकीकरण हुँदा उपस्थितिका आधारमा केन्द्रदेखि तल्लो तहसम्म नेता–कार्यकर्तालाई निर्वाचनलगत्तै उपयुक्त स्थान दिने सहमति भएको थियो । ३० असोजमा पार्टी एकीकरण घोषणासभामा जारी विज्ञप्तिमै यो कुरा स्पष्ट पारिएको थियो । तर, निर्वाचन सकिएको लामो समयसम्म पनि समायोजनको प्रक्रिया सुरु नभएपछि फोरमका नेता–कार्यकर्ता आक्रोसित भएको तत्कालीन लोकतान्त्रिक फोरमका महामन्त्री योगेन्द्र चौधरीले बताए ।

‘लामो समयसम्म पनि कुनै जिम्मेवारी नपाएपछि जिल्लास्तरका साथीहरू आ–आफ्नो बाटो लाग्ने क्रम सुरु भएको छ,’ चौधरीले भने, ‘यसले जुन अपेक्षाका साथ लोकतान्त्रिक फोरम र कांग्रेसबीच पार्टी एकीकरण भएको थियो, त्यो अपेक्षा पूरा नहुने सम्भावना बढेको छ ।’

समायोजन प्रक्रिया नै सुरु नहुँदा समस्या
एकीकरणका वेला जनाएको प्रतिबद्धता पूरा गर्न कांग्रेसले चासो नदिएपछि नेता–कार्यकर्तामा असन्तुष्टि देखिएको तत्कालीन लोकतान्त्रिक फोरमका नेताहरू बताउँछन् । विधानले केही बाधा पारेको भए महासमिति बैठकबाट समाधान गरी समायोजन गर्ने भने पनि अहिलेसम्म महासमिति बैठक नबोलाउँदा एकीकरणमा आएका नेता–कार्यकर्तामा असन्तुष्टि देखिएको तत्कालीन उपाध्यक्ष रामजनम चौधरीले बताए ।

‘महासमिति बैठक बोलाएर विधान संशोधन गरी केन्द्रमा अध्यक्ष विजयकुमार गच्छदारलाई उपसभापति र अन्य १५ जनालाई केन्द्रीय सदस्य बनाउने तथा जिल्लामा उपस्थितिका आधारमा समायोजन गर्ने सहमति भएको थियो,’ चौधरीले भने, ‘तर, लामो समयसम्म पनि यो प्रक्रिया सुरु नहुँदा साथीहरूलाई चित्त बुझाउन गाह्रो भइरहेको छ ।’

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?