काठमाडौंको सुधार केन्द्रबाट ४९ जना महिलाको उद्धार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
१९ पटक हेरिएको
Shares
काठमाडौंको सुधार केन्द्रबाट ४९ जना महिलाको उद्धार

सारांश

  • काठमाडौं, १३ पुस  ।
  • काठमाडौंको बूढानीलकन्ठ नगरपालिका–५, विष्णुमतिस्थित कृपाघर सुधार केन्द्रबाट ४९ जना महिलाको उद्धार गरिएको छ ।
  • मापदन्डविपरीत सुधारगृह सन्चालन गरेको पाइएपछि उनीहरुलाई बिहीबार उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौं, १३ पुस  । काठमाडौंको बूढानीलकन्ठ नगरपालिका–५, विष्णुमतिस्थित कृपाघर सुधार केन्द्रबाट ४९ जना महिलाको उद्धार गरिएको छ ।

मापदन्डविपरीत सुधारगृह सन्चालन गरेको पाइएपछि उनीहरुलाई बिहीबार उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले केन्द्रका सन्चालक सुरती गुरुङसहित चारजनालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी प्रभाग बूढानीलकन्ठ, जिल्ला प्रशासन कार्यालय र माइती नेपालको संयुक्त अनुगमनमा सुधार केन्द्र मापदन्डविपरीत सन्चालन भएको पाइएको हो ।

उद्धार गरिएका महिलामध्ये २५ जनालाई अभिभावकको र २४ जनालाई माइती नेपालको जिम्मा लगाइएको छ । सो विषयमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?