काठमाडौंबाहिर पहिलोपटक डे नाइट फुटबल प्रतिष्पर्धा

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १९, २०७४
|
|
२६ पटक हेरिएको
Shares
काठमाडौंबाहिर पहिलोपटक डे नाइट फुटबल प्रतिष्पर्धा

सारांश

  • अस्बिन खडका उदयपुर, १९ चैत ।
  • मोफसलमै पहिलोपटक विराट गोल्डकप “डे नाइट” विराटनगरको सहिद रंगशालामा चैत १७ गतेदेखि पाँचौं संस्करण भइरहेको छ ।
  • काठमाडौंमा भने ८ औं साफ फुटबलको फाइनल खेल डे नाइट भएको थियो ।

अस्बिन खडका

उदयपुर, १९ चैत । मोफसलमै पहिलोपटक विराट गोल्डकप “डे नाइट” विराटनगरको सहिद रंगशालामा चैत १७ गतेदेखि पाँचौं संस्करण भइरहेको छ । काठमाडौंमा भने ८ औं साफ फुटबलको फाइनल खेल डे नाइट भएको थियो ।

आयोजक समितिका संयोजक नवीन रिजालले भने, ‘हामीले काठमाडौंबाहिर पहिलोपटक दिवारात्रि (डे नाइट) फुटबल प्रतियोगिता गर्न लागेका हौं ।” मोफसलमै पहिलोपटक नमूना प्रतियोगिता गर्न लागेले सबै पक्षबाट सहयोग हुने आशा गरेको रिजालले बताए ।
“दिवारात्रि खेल नौलो हुने नै भयो । त्यससँगै खेलाडीको सेवासुविधालाई ध्यानमा दिँदै, मोफसलकै सर्वाधिक राशी रहेको प्रतियोगिता गर्न लागेका हौं” रिजालले भने । विराट गोल्डकपको विजेताले १२ लाख ७१ हजार रुपैयाँ र शिल्ड जित्ने छन् भने उपविजेताले ५ लाख ५१ हजार रुपैयाँ पाउने छन् ।

चैत १७ देखि २६ गतेसम्म चल्ने प्रतियोगितामा १० क्लबको सहभागिता रहेको छ । जसमा नेपालबाट ३ विभागीय क्लब र ए डिभिजन क्लब गरी ७ क्लबको सहभागिता रहेको छ । त्यसैगरी भुटानको थिम्पु फुटबल क्लब र बंगलादेशको बंगलादेश स्पोर्टिङ क्लब, भारतको मोहमम्सान स्पोर्टिङ क्लबले प्रतियोगितामा सहभागिता जनाएका छन् ।

प्रतियोगिता दिवारात्रि आयोजना गर्न रंगशालामा फ्लड लाइट जडान गरिएको र विद्युतको आवश्यक प्रवद्र्धन गरेको आयोजकले जनाएको छ । खेल प्रत्येक दिन ६ बजेपछि खेलाइँदैछ ।

हरेक खेलमा म्यान अफ द म्याच हुने खेलाडीले नगद १० हजार रुपैयाँ पाउने छन् । त्यसैगरी प्रतियोगिताको म्यान अफ द सिरिज हुने खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ । उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिड फिल्डर, डिफेन्स, फरवार्ड, टिम व्यवस्थापक एवं सर्वाधिक गोलकर्तालाई समान २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?