काठमाडौं आउँदै गरेको बस नवलपरासीमा दुर्घटना, २३ घाइते

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २३, २०७५
|
|
१९ पटक हेरिएको
Shares
काठमाडौं आउँदै गरेको बस नवलपरासीमा दुर्घटना, २३ घाइते

सारांश

  • काठमाडौं, २३ पुस ।
  • सुर्खेतबाट काठमाडौंको लागि छुटेको ना ५ ख ४६९६ नम्बरको बस अनियन्त्रित भई नवलपुरमा दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।
  • पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको मध्यविन्दु ११ बाहुनेकुनामा आज बिहान करिब ३ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

काठमाडौं, २३ पुस । सुर्खेतबाट काठमाडौंको लागि छुटेको ना ५ ख ४६९६ नम्बरको बस अनियन्त्रित भई नवलपुरमा दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको मध्यविन्दु ११ बाहुनेकुनामा आज बिहान करिब ३ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।  बसमा सवार ३४ जना यात्रुमध्ये २३ जना घाइते भएको र उनीहरुलाई चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ । घाइतेहरु सुर्खेत, कालिकोट, जाजरकोट, जुम्ला र दैलेखका रहेका छन् ।

घाइते हुनेमा जाजरकोटका शिवालय गाउँपालिका-९ का बिमल शाही, कालिकोटका पर्याक शाही, सुर्खेत सिम्ता २ बम अस्मिता मल्ल, सुर्खेत चोल्पाका अर्जुन मल्ल, दैलेख चामुण्डा–३ का होमप्रसाद रेग्मी, निशा शर्मा, सुर्खेत रानछिङका बुद्धिहरि कार्की, जुम्ला तिलाका ललिता रावत, कलसे राउत, मनि राउत, टोपबहादुर कार्की, कालिकोट मान्मका धर्मबहादुर शाही, लुमा बोहोरा रेहका छन् ।

त्यस्तै घाईते हुनेमा सुर्खेत वीरेन्द्रनगर–१६ का भुपेन्द्र बिरकट्टा, कमल मल्ल, कालिकोटका बिमला बम, दैलेखका टोपबहादुर रावल, जुम्लाका मैना बुढा कार्की, एन्डी कार्की, दैलेखकी रामा खत्री, जुम्लाका नन्दप्रसाद देवकोटा, धर्मा देवकोटा र सुर्खेत पञ्चपुरी–८ सुरेन्द्रराज गिरी रहेको प्रहरीले जनाएको छ । बस चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका २१ बस्ने हरिबहादुर सुनारलाइ नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँचखाल महोत्सवको छैटौ दिन पनि उत्तिकै भीड
पाँचखाल महोत्सवको छैटौ दिन पनि उत्तिकै भीड
अर्थमन्त्री खतिवडाविरूद्ध नेकपाकी नेतृ , राष्ट्रियसभामा बजेटमाथि छलफल
मेची राजमार्ग : जमिन भासिने र पहिरो खस्ने समस्या
मेची राजमार्ग : जमिन भासिने र पहिरो खस्ने समस्या
अर्थमन्त्रीलाई असफल बनाउने कर्मचारीको प्रयास !
अर्थमन्त्रीलाई असफल बनाउने कर्मचारीको प्रयास !
कुनैपनि बहानामा ओली प्रवृत्तिलाई काँध थाप्ने गल्ती नगरौं : डा. भट्टराई
कुनैपनि बहानामा ओली प्रवृत्तिलाई काँध थाप्ने गल्ती नगरौं : डा. भट्टराई
दोर्दी गाउँपालिकाबाट राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन सुरु
दोर्दी गाउँपालिकाबाट राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन सुरु
वीर अस्पतालका डा. ध्रुवराज अधिकारीले ऐन मिचेको तथ्य फेला
वीर अस्पतालका डा. ध्रुवराज अधिकारीले ऐन मिचेको तथ्य फेला
सम्पादकीय : मुलुकी संहितामा पोखिएको लोकतान्त्रिक दलहरुका अलोकतान्त्रिक चरित्र
सम्पादकीय : मुलुकी संहितामा पोखिएको लोकतान्त्रिक दलहरुका अलोकतान्त्रिक चरित्र
भारतबाट ‘अपहरित’ बालिकाको मुद्दा सर्वोच्च अदालतमा ‘अपहरणकारी’को ठेगाना नखुल्दा म्याद तामेल नै भएन
भारतबाट ‘अपहरित’ बालिकाको मुद्दा सर्वोच्च अदालतमा ‘अपहरणकारी’को ठेगाना नखुल्दा म्याद तामेल नै भएन
काठमाडौं परिसरको कमाण्ड सम्हाल्दै एसएसपी प्रधुम्न कार्की
काठमाडौं परिसरको कमाण्ड सम्हाल्दै एसएसपी प्रधुम्न कार्की

तपाईंले छुटाउनुभयो कि?