क्यान्सर पीडितलाई रु दुई लाख सहयोग

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ११, २०७३
|
|
१८९ पटक हेरिएको
Shares

सारांश

  • रक्त क्यान्सरबाट पीडित चितवनको रत्ननगर नगरपालिका वडा नम्बर–१३ जयमङ्गलाकी रश्मी पाण्डे खनालको उपचारका लागि यहाँ करिब रु दुई लाख सहयोग हस्तान्तरण गरिएको छ ।
  • उनका परिवारले उपचारका लागि सहयोगको अपिल गरेपछि मंगलबार नेकपा माओवादी केन्द्र रत्ननगरले रु १ लाख ३२ हजार रुपैयाँ सहयोग गरेको हो ।
  • माओवादी केन्द्रले रत्ननगर नगरपालिकाको वडा नम्बर ९ र १३ का आफ्ना कार्यकर्तासँग उठाएर रु १ लाख ३२ हजार ५५० क्यान्सरपीडित खनालको उपचारका लागि सहयोग गरेको हो ।

रक्त क्यान्सरबाट पीडित चितवनको रत्ननगर नगरपालिका वडा नम्बर–१३ जयमङ्गलाकी रश्मी पाण्डे खनालको उपचारका लागि यहाँ करिब रु दुई लाख सहयोग हस्तान्तरण गरिएको छ ।

उनका परिवारले उपचारका लागि सहयोगको अपिल गरेपछि मंगलबार नेकपा माओवादी केन्द्र रत्ननगरले रु १ लाख ३२ हजार रुपैयाँ सहयोग गरेको हो ।

माओवादी केन्द्रले रत्ननगर नगरपालिकाको वडा नम्बर ९ र १३ का आफ्ना कार्यकर्तासँग उठाएर रु १ लाख ३२ हजार ५५० क्यान्सरपीडित खनालको उपचारका लागि सहयोग गरेको हो ।

नेकपा (माओवादी केन्द्र) रत्ननगरका सहइन्चार्ज राजु अम्गार्इंले सो रकम बैकमा जम्मा गरी रश्मीका बुबा नारायणप्रसाद खनाललाई भौचर हस्तान्तरण गरे ।

रश्मीको उपचारका लागि रत्ननगरका व्यवसायी राजाराम रेग्मी र इन्द्रवहादुर श्रेष्ठको नेतृत्वमा आर्थिक सङ्कलन गरेर रु ४२ हजारसमेत सहयोग गरिएको थियो ।

उनको उपचारका लागि सहयोगको अपिल गर्दै परिवारले हिमालयन बैंकमा खाता खोलेका छन् । घरको आर्थिक अवस्था कमजोर भएकाले परिवारबाट उपचार सम्भव नभएपछि आर्थिक सङ्कलन गरेर हस्तान्तरण गरिएको हो ।

रश्मीका बुबा नारायण खनालले आफ्नी छोरीको उपचारमा सहयोग गरिदिन सबैलाई आग्रह गरे ।

रश्मीको बोनम्यारो प्रत्यारोपणका लागि झन्डै रु ५० लाख रकम लाग्ने चिकित्सकले बताएको उनका बुबा नारायणले जानकारी दिए ।

तीस वर्षीया रश्मीको हाल भारतको नयाँदिल्ली स्थित बी एल के स्पेसलिष्ट सिटी अस्पतालमा उपचार भैरहेको छ । चितवन र काठमाडौँमा उपचार सम्भव नभएपछि उनलाई भारत लगिएको हो । गएको मङ्सिरमा उनलाई रक्त क्यान्सर भएको पत्ता लागेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?