क्रान्तिकारीमा ३० वर्षे उमेर हदबन्दी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १३, २०७४
|
|
२६ पटक हेरिएको
Shares
क्रान्तिकारीमा ३० वर्षे उमेर हदबन्दी

सारांश

  • काठमाडौंँ, १३ चैत ,  नेत्रविक्रम चन्द नेतृत्वमा रहेको नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी)ले केन्द्रीय कमिटीले ३० वर्षे उमेर हदबन्दी लगाएको छ ।
  • आज क्रान्तिकारीको २१औँ राष्ट्रिय सम्मेलनको निर्णय जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय कमिटीमा रहने विद्यार्थीको उमेरको हदबन्दी ३० वर्ष तोकिएको क्रान्तिकारीका अध्यक्ष चिरिञ्जीवी ढकालले जानकारी दिनुभयो ।
  • ‘‘चालिस– ५० वर्षसम्म विद्यार्थी राजनीतिक क्रियाकलाप गरिरहने भएकाले विद्यार्थीका मुद्दा उठ्न सकेन’’, उहाँले भन्नुभयो, ‘‘त्यसैले हामीले विद्यार्थी केन्द्रीय कमिटीमा रहनका लागि ३० वर्षे हदबन्दी तोकेका हौँ ।

काठमाडौंँ, १३ चैत ,  नेत्रविक्रम चन्द नेतृत्वमा रहेको नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी)ले केन्द्रीय कमिटीले ३० वर्षे उमेर हदबन्दी लगाएको छ ।

आज क्रान्तिकारीको २१औँ राष्ट्रिय सम्मेलनको निर्णय जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय कमिटीमा रहने विद्यार्थीको उमेरको हदबन्दी ३० वर्ष तोकिएको क्रान्तिकारीका अध्यक्ष चिरिञ्जीवी ढकालले जानकारी दिनुभयो ।

‘‘चालिस– ५० वर्षसम्म विद्यार्थी राजनीतिक क्रियाकलाप गरिरहने भएकाले विद्यार्थीका मुद्दा उठ्न सकेन’’, उहाँले भन्नुभयो, ‘‘त्यसैले हामीले विद्यार्थी केन्द्रीय कमिटीमा रहनका लागि ३० वर्षे हदबन्दी तोकेका हौँ ।’’

विगतमा विद्यार्थीसँग गरिएका सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग गर्ने, शिक्षामा देखिएका विकृतिविरुद्ध संघर्षका कार्यक्रमसमेत गर्ने बताउँदै अध्यक्ष ढकालले चर्को शुल्क असुल्ने, वर्षैपिच्छे भर्ना गराउने, छात्रवृत्तिमा अनियमितता गर्ने, राष्ट्रियता विरोधी पाठ्यक्रम अध्ययन गराउने शैक्षिक संस्थाविरुद्ध संघर्ष गरिने जानकारी दिनुभयो ।

उहाँले अबको आन्दोलन उपलब्धिमुलक तरिकाले पृथक ढंगले गर्ने बताउनुभयो । दाङमा भएको सम्मेलनले ५९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । (तस्वीर उपलब्ध छ)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?