क्रिकेट खेलाडी भण्डारीलाई उपचारका लागि काठमाडौँ ल्याइयो

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २९, २०७७
|
|
४६ पटक हेरिएको
Shares
क्रिकेट खेलाडी भण्डारीलाई उपचारका लागि काठमाडौँ ल्याइयो

सारांश

  • काठमाडौँ, २९ भदौः दुर्घटनामा गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारीलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
  • आइतबार साँझ कञ्चनपुरको झलारीमा दुर्घटनामा परेका भण्डारीको थप उपचार काठमाडौँस्थित ग्राण्डी अस्पतालमा हुने भएको छ ।
  • उनलाई केही बेर अघि बाँकेको कोहलपुर मेडिकल कलेजबाट हेलिकप्टरमा ग्राण्डी ल्याइएको हो ।

काठमाडौँ, २९ भदौः दुर्घटनामा गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारीलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । आइतबार साँझ कञ्चनपुरको झलारीमा दुर्घटनामा परेका भण्डारीको थप उपचार काठमाडौँस्थित ग्राण्डी अस्पतालमा हुने भएको छ । उनलाई केही बेर अघि बाँकेको कोहलपुर मेडिकल कलेजबाट हेलिकप्टरमा ग्राण्डी ल्याइएको हो ।

धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको मिनिट्रकले आइतबार साँझ कञ्चनपुरको झलारी बजारमा भण्डारीले चलाएको म २ प ४७०५ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो । भण्डारीको दाहिने खुट्टा र दाहिने हात भाँच्चिएको छ । भण्डारीको छाती र अन्य भागमा समेत चोट भएकाले थप उपचारका लागि काठमाडौँ ल्याउनुपरेको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० का बासिन्दा भण्डारी महेन्द्रनगरबाट घर फर्किदा दुर्घटनामा परेका हुन् । उनका पछाडी सवार करन ठगुन्ना भने सामान्य घाइते छन् ।

दुर्घटना लगत्तै झलारीस्थित शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि भण्डारीलाई थप उपचारका लागि धनगढी लगिएको थियो । उहाँलाई राति नै बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी विनोद भण्डारीले जानकारी दिए । ठक्कर दिने मिनीट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक घटना लगत्तै फरार रहेको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

भण्डारी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँ हाते तीव्र गतिका बलर हुन् । पछिल्लो समय उनी नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका थिए। भण्डारी फ्रेन्चाइज लिगका पनि नियमित खेलाडी छन् । उनले सन् २०१७ मा आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरव इमिरेटस् (यूएई) विरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । भण्डारीले सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध एकदिवसीय खेल खेलेका थिए । त्यसअघि उनले नपालका लागि विभिन्न उमेर समूहका प्रतियोगिता खेलिसकेका छन् ।-रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दीपेन्द्र र सीमा उत्कृष्ट मोडल
दीपेन्द्र र सीमा उत्कृष्ट मोडल
उत्तर कोरियाले बनायो ब्यालेस्टिक मिसाइलमा राखेर अमेरिकासम्म मार हान्नसक्ने आणविक बम
उत्तर कोरियाले बनायो ब्यालेस्टिक मिसाइलमा राखेर अमेरिकासम्म मार हान्नसक्ने आणविक बम
ओली पाँच वर्ष नै प्रधानमन्त्री, दाहाल कार्यकारी अध्यक्ष
ओली पाँच वर्ष नै प्रधानमन्त्री, दाहाल कार्यकारी अध्यक्ष
‘पिर’ गीतबारे प्रकाश सपूतको प्रस्टीकरण- ‘मैले गलत गरेको हो कि ? तपाईहरूले गलत बुझ्नु भएको हो ? समीक्षा गरिरहेको छु’
‘पिर’ गीतबारे प्रकाश सपूतको प्रस्टीकरण- ‘मैले गलत गरेको हो कि ? तपाईहरूले गलत बुझ्नु भएको हो ? समीक्षा गरिरहेको छु’
कास्कीमा १९ राजनीतिक दल र १०० उम्मेदवार चुनावी मैदानमा
कास्कीमा १९ राजनीतिक दल र १०० उम्मेदवार चुनावी मैदानमा
अमेरिकी सहर लस भेगसमा मारिने ५९ पुगे, ५२७ घाइते, इस्लामिक स्टेटले जिम्मेवारी लियो !
अमेरिकी सहर लस भेगसमा मारिने ५९ पुगे, ५२७ घाइते, इस्लामिक स्टेटले जिम्मेवारी लियो !
सदनमा भइरहेको अभ्यास नाटक मञ्चनजस्तै लाग्छ : सांसद तिवारी
सदनमा भइरहेको अभ्यास नाटक मञ्चनजस्तै लाग्छ : सांसद तिवारी
शेखरको देश दौडाह : पार्टीमा देउवालाई च्यालेञ्ज, सरकारमा ओलीलाई थ्रेट !
शेखरको देश दौडाह : पार्टीमा देउवालाई च्यालेञ्ज, सरकारमा ओलीलाई थ्रेट !
सुनको मुल्य आज कति घट्यो
सुनको मुल्य आज कति घट्यो
What is the value of a Mail Order Bride Cost?