खाडीमुलुक जाने हजारौँ युुवाहरु समस्यामा

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
खाडीमुलुक जाने हजारौँ युुवाहरु समस्यामा

सारांश

  • नवलपरासी, १० वैशाख ।
  • पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारका लागि विशेष गरी खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा पर्ने गरेका छन् ।
  • विगत चार वर्षयता पूर्वी नवलपरासीका ६०० र पश्चिम नवलपरासीमा ९४६ जना विभिन्न समस्यामा परेको उजुरी परेको आप्रवासन परियोजना नवलपरासीले जनाएको छ ।

नवलपरासी, १० वैशाख । पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारका लागि विशेष गरी खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा पर्ने गरेका छन् ।

विगत चार वर्षयता पूर्वी नवलपरासीका ६०० र पश्चिम नवलपरासीमा ९४६ जना विभिन्न समस्यामा परेको उजुरी परेको आप्रवासन परियोजना नवलपरासीले जनाएको छ ।

सो अवधिभर कूल ११० जना नेपाली कामदारको खाडीमुलुकमा विविध कारणले मृत्यु भएको तथ्यांक रहेको सुरक्षित आप्रवासन परियोजना नवलपरासीका कार्यक्रम अधिकृत ज्ञानेश्वर भण्डारीले जानकारी दिनुभयो ।

खासगरी पैसा लिने तर विदेश नपठाउने, समयमा तोकेबमोजिम तलब नपाइने, भनेको कामभन्दा कडा र जोखिम काममा लगाउनेलगायतका समस्या वैदेशिक रोजगारका क्रममा देखिएको भण्डारीको भनाइ छ ।

चार वर्षको अवधिमा जिल्लाका एक हजार १०० विभिन्न प्रकारका उजुरीको समाधान भएको छ भने पीडित पक्षलाई रु १२ करोड क्षतिपूर्ति उपलब्ध गराउन विभिन्न निकायसँग समन्वयकारी भूमिका निर्वाह गरिएको छ ।

वैदेशिक रोजगारको जोखिमको हिसाबले नवलपरासी पाँचाँै जिल्लामा पर्दछ भने रोजगारीको सिलसिलामा विदेशमा मृत्यु हुने जोखिमको हिसाबले तेस्रो जिल्लामा पर्दछ ।

नवलपरासीबाट मात्रै करीब ८० हजार वैदेशिक रोजगारमा गएको सुरक्षित आप्रवासन परियोजना नवलपरासीले जनाएको छ । पश्चिम नवलपरासी जिल्लाको सीमावर्ती क्षेत्रका कतिपय नागरिक भारतीय उडानबाट समेत तेस्रो मुलुक जाने गरेका छन् ।

यसमध्ये करीब छ हजार महिला रहेको बताइएको छ । जिल्लामा करीब ६०० बढी विदेश पठाउने एजेण्ट (दलाल) रहेका छन् । गाउँपिच्छे नै दलाल रहे पनि त्यसमध्ये जम्मा १२ जनाले लाइसेन्स लिएको तथ्यांक छ । अन्यले भने कमिसनमा विदेश जाने युवायुवती खोजेर विभिन्न म्यानपावरलाई दिने गरेका छन् ।

म्यानपावरको लाइसेन्स लिन वैदेशिक रोजगार विभागबाट स्वीकृति लिई रु दुई लाख धरौटी राख्नुपर्ने प्रावधान छ । लाइसेन्स नलिई वैदेशिक रोजगारसम्बन्धी उद्योग गर्ने वा ठगी गर्नेलाई तीनदेखि सात वर्षसम्म कैद र रु तीनदेखि पाँच लाख जरिवाना गर्ने प्रावधान रहे पनि दलालले राजनीतिकसहित विभिन्न माध्यमबाट संरक्षण पाएका छन् ।

कानूनको प्रभावकारी रुपमा कार्यान्वयन नहँुदा ठगी गर्न सहयोग पु¥याउने एजेण्ट वा दलाललाई कारबाही नभएको बताइएको छ । वैदेशिक रोजगारमा देखिएको समस्या न्यूनीकरण गर्न वैदेशिक रोजगारबारे परामर्श, निःशुल्क सीपमूलक तालीमलगायतका काम आप्रवासन परियोजनाले गर्दै आएको दाबी गरेको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनीका मुख्यमन्त्रीले मङ्गलबार विश्वासको मत लिने
लुम्बिनीका मुख्यमन्त्रीले मङ्गलबार विश्वासको मत लिने
एमाले अध्यक्ष ओलीलाई निर्वाचन आयोगले पत्र काट्यो !
एमाले अध्यक्ष ओलीलाई निर्वाचन आयोगले पत्र काट्यो !
दर्जनौं शिक्षक/शिक्षिका माओवादीमा प्रवेश
दर्जनौं शिक्षक/शिक्षिका माओवादीमा प्रवेश
देशभर ७१ वटा स्मार्ट पेट्रोलपम्प खुल्ने:सेना र प्रहरीले पम्प खोल्ने जग्गा नै पाएनन्
देशभर ७१ वटा स्मार्ट पेट्रोलपम्प खुल्ने:सेना र प्रहरीले पम्प खोल्ने जग्गा नै पाएनन्
हिमालय एयरलाइन्सले भित्र्यायो नयाँ जहाज
हिमालय एयरलाइन्सले भित्र्यायो नयाँ जहाज
जब चिनियाँ राष्ट्रपति सी जिङपिङ माओको समाधिस्थलमा तीन पटक झुके
जब चिनियाँ राष्ट्रपति सी जिङपिङ माओको समाधिस्थलमा तीन पटक झुके
एनआईसी एशिया बैंक र नर्भिक हस्पिटलबीच सम्झौता
एनआईसी एशिया बैंक र नर्भिक हस्पिटलबीच सम्झौता
जनार्दन शर्मालाई कडा कारवाही गरियोस् भन्दै देउवालाई  बाबुरामको ज्ञापनपत्र..
जनार्दन शर्मालाई कडा कारवाही गरियोस् भन्दै देउवालाई बाबुरामको ज्ञापनपत्र..
भारतीय नोटसहित युवक पक्राउ
भारतीय नोटसहित युवक पक्राउ
पूर्वपश्चिम राजमार्ग आन्दोलनकारीको कब्जामा, सम्बोधन गर्न पुगे हेलिकोप्टरबाट महरा
पूर्वपश्चिम राजमार्ग आन्दोलनकारीको कब्जामा, सम्बोधन गर्न पुगे हेलिकोप्टरबाट महरा

तपाईंले छुटाउनुभयो कि?