खाडी देशले कतारको जवाफ पाए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २२, २०७४
|
|
१६ पटक हेरिएको
Shares
खाडी देशले कतारको जवाफ पाए

सारांश

  • नाकाबन्दी खोल्नका लागि कतारसँग राखिएका शर्तका बारेमा कतारले पठाएको जवाफसहितको पत्र चारवटा खाडी देशले बुधबार प्राप्त गरेको जनाएका छन् ।
  • – quatar    साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन र इजिप्टले आफ्ना शर्तहरु पुरा गर्न कतारलाई दिइएको यसअघिको चेतावनी समयमा सोमबार ४८ घन्टा थप गरेका थिए ।
  •   ती देशहरुले विच्छेद भएको कूटनीतिक सम्बन्ध पुनस्र्थापना गरी नाकाबन्दी खोल्न १३ बुँदे शर्त राखेका छन् ।

नाकाबन्दी खोल्नका लागि कतारसँग राखिएका शर्तका बारेमा कतारले पठाएको जवाफसहितको पत्र चारवटा खाडी देशले बुधबार प्राप्त गरेको जनाएका छन् । – quatar 

 

साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन र इजिप्टले आफ्ना शर्तहरु पुरा गर्न कतारलाई दिइएको यसअघिको चेतावनी समयमा सोमबार ४८ घन्टा थप गरेका थिए ।

 

ती देशहरुले विच्छेद भएको कूटनीतिक सम्बन्ध पुनस्र्थापना गरी नाकाबन्दी खोल्न १३ बुँदे शर्त राखेका छन् । उक्त चेतावनीको समयका बारेमा लेखिएको जवाफी पत्र कतारले मङ्गलबार पठाएको थियो ।

 

साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले बुधबार संयुक्त विज्ञप्ति प्रकाशन गरी कतारको जवाफी पत्र प्राप्त गरेको जनाएका छन् । उनीहरुले कुवेतका राजामार्फत सो पत्र प्राप्त गरेको जानकारी पनि सो विज्ञप्तिमार्फत नै गराएका हुन् ।

 

“चार देशले दिएको चेतावनीको ४८ घन्टा समयभित्रै कतारले पठाएको जवाफी पत्र कुवेत मार्फत् ती देशहरुले पाएका छन्, जुन पत्र कुवेतका राजा सेख सबाह अल अहमद अल जाबेर अल सबाहको आग्रहमा आएको हो,” संयुक्त अरब इमिरेट्सको सरकारी समाचार समिति वामले लेखेको छ ।

 

कतारका राजाले कुवेतका राजालाई पठाएको सो पत्र कतारी विदेशमन्त्रीले कुवेती विदेशमन्त्रीलाई हस्तान्तरण गर्नुभएको हो । कतारका राजाले लेखेको भनिएको सो हस्तलिखित पत्र कुवेतका राजाले बुधबार यस गठबन्धनका अरु तीन देशमा पठाउनुभएको समाचारमा जनाइएको छ ।

 

इरानसँग सम्बन्ध थप बढाएको र आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोपमा चार देशले गत जुन ५ तारिखदेखि कतारमाथि नाकाबन्दी लगाएका छन् ।

 

कुवेतले सो कतार सङ्कटको समाधानका लागि मध्यस्थता गरिरहेको छ । कुवेतले कतारसँग वार्ताको पहलका लागि प्रयास गरिरहेको जनाएको छ । तर साउदी अरेबिया भने कतारसँग वार्तामा नबस्ने बताउदै आएको छ ।

 

कतारसँग ती अरेबियाली देशले राखेका शर्तहरुमध्येको एक कतारको टेलिभिजन अल जाजिरा बन्द गर्नुपर्ने छ । त्यसैगरी इरानसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्नुपर्ने उनीहरुको अर्काे शर्त हो ।

 

यस पत्र आदानप्रदानका कारण कतारको सङ्कट समाधानको बिकल्प निस्किन सक्ने अनुमान गरिएको छ । तर उता छिमेकी यी खाडी देशहरुले नै आफूमाथि अनायास राखेका यी शर्त पूरागर्न कतार भने अनिच्छुक रहँदै आएको छ ।
उता इजिप्टले यसै बिषयमा बुधबार इजिप्टको राजधानी कायरोमा यी चार देशका विदेशमन्त्री स्तरमा बैठकको आयोजना गरेको छ । सोही बैठकमा यस कतारको जवाफी पत्रका बारेमा छलफल हुनसक्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?