खानी दुर्घटनामा १३ जनाको मृत्यु
सारांश
- काठमाडौं ।
- चेक रिपब्लीकको पूर्वी क्षेत्रमा रहेको कोइला खानीमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।
- मृत्यु हुनेमा खानी मजदूर रहेको बताइएको छ ।
काठमाडौं । चेक रिपब्लीकको पूर्वी क्षेत्रमा रहेको कोइला खानीमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खानी मजदूर रहेको बताइएको छ । अन्य १० जना घाइते भएका छन् ।
ओकेडी माइनिङ कम्पनीका प्रवक्ता इभोले मर्नेमध्ये ११ जना पोल्यान्ड र २ जना चेकोस्लोभाकियाका रहेको जानकारी दिएका छन् ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको कम्पनीले जनाएको छ । चेक रिपब्लीक समेतका पूर्वी युरोपका देशहरुमा ठूलो संख्यामा कोइला खानी सञ्चालनमा रहेका र तिनीहरुमा निकै जोखिम रहने गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया