खानेपानीको सङ्कट

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १०, २०७४
|
|
२५ पटक हेरिएको
Shares
खानेपानीको सङ्कट

सारांश

  • बर्दिवास, १० चैत, महोत्तरी जिल्लाको उत्तरीक्षेत्रमा धमाधम इनारहरु सुक्न थालेपछि खानेपानीको सङ्कट बढेको छ ।
  • खानेपानीको स्रोत इनारमात्र भएका जिल्लाका उत्तरी क्षेत्रको बर्दिवास नगरपालिकाका हाथीलेटको बिजयवस्ती, किसाननगर, बिजलपुरा, मनहरीपुर, हात्तीलेट, पशुपतिनगर, गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनिंया र रामनगर एवम् भङ्गाहा नगरपालिकाका प्रेमनगर र रामनगरसहितका वस्तीमा धमाधम इनार र चापाकल सुक्नथालेपछि लाग्दो चैतको दोश्रो साताभित्रै खानेपानीको सङ्कट बढेको हो ।
  • बर्दिवास–८ हाथीलेटको बिजयवस्तीमा ५५ घरका बीच रहेको एउटा इनार पनि चैतको दोश्रो सातामै सुक्न थालेपछि अब खानेपानीका लागि के गर्ने भन्ने चिन्ताले त्यहाँका बासिन्दा पिरोलिएका छन् ।

बर्दिवास, १० चैत, महोत्तरी जिल्लाको उत्तरीक्षेत्रमा धमाधम इनारहरु सुक्न थालेपछि खानेपानीको सङ्कट बढेको छ । खानेपानीको स्रोत इनारमात्र भएका जिल्लाका उत्तरी क्षेत्रको बर्दिवास नगरपालिकाका हाथीलेटको बिजयवस्ती, किसाननगर, बिजलपुरा, मनहरीपुर, हात्तीलेट, पशुपतिनगर, गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनिंया र रामनगर एवम् भङ्गाहा नगरपालिकाका प्रेमनगर र रामनगरसहितका वस्तीमा धमाधम इनार र चापाकल सुक्नथालेपछि लाग्दो चैतको दोश्रो साताभित्रै खानेपानीको सङ्कट बढेको हो ।

बर्दिवास–८ हाथीलेटको बिजयवस्तीमा ५५ घरका बीच रहेको एउटा इनार पनि चैतको दोश्रो सातामै सुक्न थालेपछि अब खानेपानीका लागि के गर्ने भन्ने चिन्ताले त्यहाँका बासिन्दा पिरोलिएका छन् ।

‘पहिले÷पहिले पनि इनार त सुक्थे’ बिजयवस्तीकी गृहिणी नुरमाया बिकले भन्नुभयो– ‘जेठसम्म पानी नपर्दा इनार सुक्ने त ब्यहोरिएको थियो, पछिल्ला दुई÷तीन वर्षदेखि त लाग्दो चैतमै इनार सुक्नथालेका छन् ।’
त्यसैगरी यसै सातामै बर्दिवास नगरपालिका–६ र ७ को किसाननगरका मनहरीपुर, कृष्णपुर, जुरेटोल र फुलबारीटोलका इनार पनि धमाधम सुक्दैछन् । बर्दिवास–७ कै प्रेमनगर, बर्दिवास–९ को टोकीटोल र पशुपतिनगर एवम् छिमेकको भङ्गाहा नगरपालिका–४ रामनगरका इनार सुक्न थालेकाले यसपाली खानेपानीको सङ्कट चैतमै पर्ने छाँट देखिएको पशुपतिनगरका सामाजिक, राजनीतिक कार्यकत्र्ता सुरजसिंह कुशवाहा बताउनुहुन्छ ।

पछिल्ला पाँच वर्षयता इनार सुक्ने क्रम बाक्लिएको यहाँका बासिन्दाको भनाइ छ । त्यसअघि लामो खडेरी पर्दा २०५४ सालको जेठमा केही इनार सुकेका सम्झदै बर्दिवास–६ कृष्णपुरका अवकास प्राप्त शिक्षक ७० वर्षीय अमरबहादुर दर्लामीेले पाँच वर्षयता भने इनार चैतमै सुक्न थालेका बताउनुभयो ।

इनार धमाधम सुकेपछि सिँचाइको अर्को विकल्प नभएका आफूहरुको बालीनालीसमेत सुक्न थालेपछि जीवन गुजारासमेत सङ्कटमा परेको रामनगर वस्तीकै किसान भरतराज बरालले बताउनुभयो ।

पछिल्ला केही वर्षयता रातु, बडहरीसहितका नदीबाट बालु, ढुङ्गा अनियन्त्रित तरिकाले खन्ने, चुरे पहाडको दोहन र वन विनास बढेसँगै जलाधार क्षेत्र संरक्षण नगरिँदा खोपानीका मुहान चाँडै सुक्नथालेका लामो समयदेखि चुरे संरक्षण र जलाधार संरक्षणका क्षेत्रमा चासोका साथ काम गर्दै आउनुभएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासका अध्यक्ष नागदेब यादब बताउनुहुन्छ । ‘प्राकृतिक सम्पदाको अनियन्त्रित दोहनले समयमा पानी नपर्ने, जलाधार सुक्ने समस्या बढेका छन्’ यादबले भन्नुभयो–, ‘यो प्रभावले खडेरी, अनाबृष्टि र अतिवृष्टिको चपेटाले हाम्रा समस्या बढेका हुन् ।’

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Anand Neupane

    25 din vitra aaune vaneko melamchi ko pani ko tasbir ta hoen katai

    Comment Author

    Prabina Ghale

    जल स्रोतको धनी देशको बेजत कम होस

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?